जापानमा सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अाबे पुनः बिजयी
टोकियो ४, असोज । जापानका प्रधानमन्त्री सिन्जो अबे उहाँको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । उहाँको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उहाँ अध्यक्ष निर्वाचित हुनुभएको बताइएको छ ।
यस विजयसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहनुहुने निश्चित भएको छ । जापानी प्रधानमन्त्री अबे ६३ वर्षको हुनुहुन्छ ।
उहाँले आफ्नो दलका सदस्य र सांसदबाट ५५३ मत प्राप्त गर्नुभएको बताइएको छ । उहाँको विरुद्धमा उम्मेदवार बनेका अर्का नेता सिगेरु इसाबाले भने २५४ मत मात्र प्राप्त गर्नुभएको थियो । नेता इसाबा जापानको पूर्व रक्षामन्त्री हुनुहुन्थ्यो ।
जापानी प्रधानमन्त्री अबे संविधान संशोधनको मुख्य एजेण्डाका साथ प्रधानमन्त्रीमा निर्वातित हुनुभएको हो । उहाँ पुनः आफ्नो पार्टीको प्रमुखमा निर्वाचत भएसँगै सविधान संशोधनको उहाँको सपना पूरा हुने देखिएको बताइएको छ ।
Comments
अरु समाचार
-
‘झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने सुनियोजित प्रचार गरियो’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो नेतृत्वमा पार्टी फुटाउन लागिएको भनेर सुनियोजित रुपमा हल्ला फैलाइएको...
-
सुहाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ
काठमाडौं । नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार सिंहदरबारस्थित कृषि समितिको...
-
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा दिउँसो २...
-
एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित
काठमाडाैँ । नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन्। मंगबार सम्पन्न पार्टीको १२औं जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको...
-
पार्टी विभाजनविरुद्ध अदातल जाने तयारीमा जसपा, ११ बजे पत्रकार सम्मेलन गर्दै
काठमाडौं । पार्टी विभाजन भएप्छि पहिलोपटक आज जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय...
-
सुहाङ नेम्वाङले आज शपथ लिँदै
काठमाडौं। गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ...
-
पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा जसपा नेपाल
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज बुधवार पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा छ । पार्टी...
-
सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै
काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बुधबार...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको...