ताजा समाचार

सरकारले नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा

 

सरकारले नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।  मन्त्रिपरिषद्को शुक्रबार राति अबेर सम्पन्न बैठकले बढुवा सिफारिस समितिको सिफारिसअनुसार पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजी बढुवा गरेको हो ।

कार्की पहिलो, राई दोस्रो र बस्नेत तेस्रो नम्बरमा सिफारिस भएका थिए । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ भने सुनसरीमा हत्या भएका खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ ।

माथिल्लो अरुण आयोजना सरकारको स्वामित्वमा रहने गरी विद्युत प्राधिकरणमार्फत बनाउने २०६९ फागुन ४ को निर्णय संशोधन गर्दै प्राधिकरणको सहायक कम्पनी अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत बनाउने निर्णय भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org