इमरान खानको यस्तो सनसनीपुर्ण ट्विटको तरङ्ग दिल्लीसम्म
दिल्ली ७,असोज । भारतीय पक्षले छिमेकीहरुलाई हेप्दै आएको सन्दर्भमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कडा ट्विट सार्वजनिक भएको छ ।
इमरान खानको ट्विटले भारतमा ठूलो सनसनी फैलिएको छ ।
पकिस्तानले प्रस्ताव गरेको भारत–पाक विदेश मन्त्रीहरुको बैठक रद्द गर्ने भारतको निर्णयको कडा आलोचना गर्दै खानले ट्विट गरेका हुन ।
यो सँगै भारतीय सैन्य प्रमुख विपिन रावतले पाकिस्तानविरुद्ध बयान दिएपछि पाकिस्तानका सैन्य प्रमुखले समेत कडा चेतावनी दिएका छन् ।
यस्तो छ घटना
इमरान खान पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै उनले भारतगायत छिमेकी देशहरुसँग सम्बन्ध सुधार्ने बताएका थिए । भारत र पाकिस्तानबीच ऐतिहासिक सम्बन्ध रहेको बताउँदै उनले दुबै देशको विकास र समृद्धिका लागि वार्तामार्फत सुमुधुर सम्बन्ध बनाउनुपर्ने उनले जोड दिएका थिए । भारतीय पक्षले इमरानको स्वागत गरेपनि उनी सेनाबाट परिचालित भएको बताउँदै आएको थियो ।
त्यसपछि पाकिस्तानले भारत र पाकिस्तानबीच सम्बन्ध सुधार गर्ने उद्देश्यले विदेशमन्त्रीस्तरीय बैठकको प्रस्ताव गर्यो । शुरुमा भारतले समेत यो प्रस्ताव स्वीकार गरेर मितिसमेत तय भयो ।
तर, यही बीचमा शनिबार एकाएक भारतले विदेश मन्त्रीस्तरीय बैठक रद्द गरेको घोषणा गर्यो ।
भारतले वार्ता हुने समयमा पाकिस्तान समर्थित आतंककारीहरुले जम्मु कश्मिरमा एकजना सुरक्षाकर्मीको हत्या गरेको, यसअघि कश्मिरमा मारिएका आतंकवादीहरुको नाममा २० वटा हुलाक टिकट जारी गरिएको जस्ता आरोप लगाउँदै यस्तो अवस्थामा वार्ता नहुने बतायो । पाकिस्तान सरकारको भनाई र त्यहाँका सेनाको एक्सनबीच तादाम्यता नभएको भन्दै भारतले तत्काल वार्ता नहुने घोषणा गरे ।
कडा प्रतिक्रिया, धरापमा सम्बन्ध
शनिबारका दिन हुने भनिएको यो वार्ता नभएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कडा ट्विट लेख्दै भारतले दीर्घकालिन र स्थायी शान्ति नचाहेको भन्दै आपत्ती जनाएका छन् ।
इमरानले भारतको निर्णयलाई ‘अहंकारी’ बताउँदै भारतीय राजनीतिक नेतृत्वमा दूरदर्शिता नभएको टिप्पणी गरे । “शान्ति वार्ता पुनः शुरु गर्ने मेरो अपीलप्रति भारतको नकारात्मक र घमण्डी प्रतिक्रियाले म निराश भएको छु । मेरो आजसम्मको जीन्दगीमा पहिलोपटक ठूलो जिम्मेवारी लिएको छोटो अदूरदर्शी मानिससँग साक्षात्कार गर्न पुगेको छु ।” उनले भनेका छन् ।
सेना प्रमुखहरुको युद्ध–भाषा
राजनीतिक तहमा देखिएको यस्तो विवादसँगै दुबै देशका सेना प्रमुखहरुले समेत एक अर्काविरुद्ध कडा बयानबाजी गरेका छन् ।
इमरान खानले ट्विट गरेलगत्तै भारतीय सेना प्रमुख बिपिन रावतले इण्डिया टाइम्ससँग कुरा गर्दै पाकिस्तानले शान्ति नचाहेको आरोप लगाए । सेना प्रमुख रावतले पाकिस्तानी सेना र आतंकवादीले मच्चाएको क्रूरताविरुद्ध कठोर कदम लिनैपर्ने अवस्था सिर्जना भएको बताएका थिए ।
भारतीय सेनाले कश्मिरमा फैलिएको आतंकवादलाई पाकिस्तानी सेनाले संरक्षण गर्ने गरेको बताउँदै आएको छ ।
भारतीय सेना प्रमुखको बयानबाजी लगत्तै पाकिस्तानका सैन्य प्रमुखले समेत कडा प्रतिक्रिया दिएका छन् । डन पत्रिकाका अनुसार, पाकिस्तानी सेनाका प्रवकत मेजर जनरल आसिफ गफूरले भारतलाई धम्कीको भाषा प्रयोग नगर्न चेतावनी दिए । दूनियाँ टिभीसँगको अन्तर्वार्तामा उनले भनेका छन्, “धम्की नदिए हुन्छ, हामी युद्दका लागि तयार छौं तर पाकिस्तान, छिमेकी र यो क्षेत्रका जनताले चाहेको शान्तिको बाटो हामीले पनि रोजेका छौं । आतंकवादविरुद्ध पाकिस्तानले कति लामो संघर्ष गरेको छ र के कति यसको मूल्य चुकाएका छौं भन्ने हामीलाई राम्रोसँग थाहा छ, भारतले नसिकाए हुन्छ ।”
Comments
अरु समाचार
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...