ताजा समाचार

न्युयोर्कमा ट्रम्प-ओलीको भेट-हात मिलाउन र फोटो खिचाउदैमा बित्त्यो २ मिनेट

२ मिनेटमा फोटो खिच्ने देखि ट्रम्पको प्रशंसा गर्न सम्म भ्याए ओलीले

काठमाडौं १०,असोज । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करिब दुई मिनेट कुराकानी भएको छ । राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पले राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफल हुनु अघिल्लो दिन सोमबार साँझ आयोजना गरेको स्वागत कार्यक्रममा उभिएरै यस्तो छलफल भएको हो ।

स्वागत समारोहमा सहभागी हुने सबैसँग अमेरिकी राष्ट्रपतिले संक्षिप्त कुराकानी गर्दै फोटो खिच्ने प्रचलन छ । सबै सदस्य मुलुकका उच्चस्तरीय पाहुना आउने र छलफल हुनाले पनि यो स्वागत समारोह करिव पाँच घण्ट चल्छ । यही समयमा कुराकानीको मौका छोप्न ओली आफ्नो सम्बोधन भन्दा चार दिन पहिले नै न्यूयोर्क ओर्लेका हुन् ।

उनीहरुबीचको संक्षिप्त कुराकानी र छलफलमा सहभागिताबारे न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिंदै भनेको छ , ‘७३औँ महासभामा भाग लिन न्यूयोर्क आइपुगेका विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा गरिएको समारोहका प्रधानमन्त्री ओली र पत्नी राधिकाले सहभागिता जनाएका छन ।’

संक्षिप्त समयको फाइदा उठाउदै ओलीले नेपालको दीगो शान्ति, विकास र दुईपक्षीय उच्चस्तरको भ्रमणबारे धारणा राखेको जानकारी उनको सचिवालयले जनाएको छ । ७० औं महासभामा सुशील कोइरालाले ओबामालाई भेटेका थिए । त्यसपछि कुनै पनि प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिसँग कार्यक्रममै भए पनि भेटघाट गर्न पाएका थिएनन ।

गत वर्ष तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सम्बोधन गर्ने गरी मात्र आएकाले स्वागत समारोहमा सहभागि भएनन् । उनी स्वागत समारोह सकिएको भोलिपल्ट आएका थिए ।

ओलीले परिचयसँगै भएको कुराकानी करिब दुई मिनेट मात्र रहेको जानकारी दिएका हुन् । उनले ट्रम्पले गरेको शान्तिको पहलको प्रशंसासमेत गर्न भ्याए ।

सिंगापुरको अमेरिका–उत्तर कोरिया वार्ताले विशवका सकारात्मक सन्देश दिएको बताएको उनले सुनाएका ब्यक्तिले जानकारी दिए । प्रधानमन्त्रीस्तरबाट चार वर्षपछि नेपालका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति भेटेका हुन् ।

गतवर्ष प्रधानमन्त्री स्वागत समारोहमा आइनपुग्ने भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्री सहभागी हुन गेट पुगे पनि नामको संयोजन हुन नसक्दा लज्जित भएर पर्कनु परेको थियो । यसपटक त्यस्तो अवस्था भने आएन । प्रधानमन्त्रीले भित्र अन्य मुलुकका राष्ट्र एवं सरकार प्रमुखसँग पनि भेटे । उनी दुईपक्षीय सहकार्य र उच्चस्तरको भ्रमण आदन प्रदानको बारेमा छलफल गरेका बताइएको छ ।

अमेरिकी राष्ट्रपति र प्रथम महिलाले महासभाको उच्चस्तरीय बसह आरम्भ हुने अघिल्लो दिन यस्तो भोज दिने चलन छ । त्यही प्रथालाई अमेरिकीले कायम गर्दै आएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org