गृहमन्त्री थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता
काठमाडाैँ १०,असोज । गृहमन्त्री रामबहादुर थापा‘बदल’सँग नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले मङ्गलबार शिष्टाचार भेट गर्नु भएको छ ।
गृहमन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको शिक्षा, प्रविधिलगायतको क्षेत्रमा पाकिस्तानको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको निरन्तरताका लागि आग्रह गरे ।
राजदूत जावेदले सुरक्षाको क्षेत्रमा समेत थप सहयोग आदानप्रदान गर्न सकिने भेटमा बताउनुभएको थियो । उहाँले नेपालमा पनि पाँच वर्षका लागि स्थायी सरकार बनेको र पाकिस्तानमा पनि भर्खरै पाँच वर्षका लागि सरकार बनेकाले दुई सरकारबीच दिगो सहकार्यका लागि अहिले उपयुक्त वातावरण बनेको टिप्पणी गरे ।
नेपाल र पाकिस्तानबीच सांसद तथा युवाको भ्रमण आदानप्रदानका लागि तयारी भइरहेको र यसले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे । भेटमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सम्मेलनको विषयमा समेत छलफल भएको थियो ।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...