ताजा समाचार

सार्कको मन्त्रीस्तरीय बैठक छोडेर भारतीय बिदेशमन्त्री स्वराज हिडेपछि……

सार्कको प्रगतिमा भारत बाधक रहेको पाकिस्तानको टिप्पणी

न्युयोर्क । भारतकी विदेश मन्त्री सुष्मा स्वराज सार्कको परराष्ट्र मन्त्रीहरुको वैठकबाट बीचमै उठेर हिँडेकी छिन् ।

संयुक्त राष्ट्र संघको ७३ औँ साधारण सभाको साइडलाइनमा सार्कको मन्त्रीस्तरीय अनौपचारिक बैठक बसेको थियो । बिहिबार न्यूयोर्कमा भएको बैठकमा नेपालका विदेश मन्त्री प्रदीपकुमार ज्ञवालीले अध्यक्षता गरेका थिए ।

पाकिस्तानमा आयोजना गरिने भनेको सार्क सम्मेलन हाल हुन नसकेकाले नेपालले अहिले पनि सार्कको अध्यक्षता गरिरहेको छ । पछिल्लो पटक शिखर सम्मेलन आयोजना गर्ने राष्ट्र सार्कको अध्यक्ष हुने प्रचलन रहेको छ ।

बैठकमा आफ्नो कुरा राखिसकेर सुष्मा छिट्टै निष्किकी थिइन् । यसमा पाकिस्तानी विदेश मन्त्री महमुद कुरेसीले असन्तुष्टी जनाए ।

“उनीसँग मेरो कुनै कुरा हुन पाएन । उनी बीचमै बैठक छाडेर हिँडिन् । सायद उनलाई सञ्चो थिएन होला,” पछि रिपोर्टरहरुसँगको कुराकानीमा व्यङ्ग्य मिश्रित स्वरमा कुरेसीले भने ।

भारतीय कुटनीतिक स्रोतले भने वहुपक्षीय बैठकमा आफ्नो देशको मन्तव्य राखिसकेपछि छिट्टै उठेर हिँड्नु सामान्य प्रचलन भएको बतायो ।

स्रोतका अनुसार उक्त बैठक छाड्ने स्वराज पहिलो नेता नभएको बतायो । उनी अघिनै अफगानीस्तान र बंग्लादेशका समकक्षीहरुले बैठक छाडिसकेका थिए ।

सोही स्रोतले स्वराजको अन्य भेटघाट भएकाले उनी उठेकी तर भारतीय विदेश सचिव विजय गोख्ले भने सार्क वैठक अवधिभरी त्यहाँ उपस्थित रहेको जानकारी दिए ।

पाकिस्तानका विदेशमन्त्री कुरेसीले पछि भारतको सार्क प्रतिको रवैयाप्रति प्रश्न गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरे । “यदी हामीले यो मञ्चबाट केही हासिल गर्ने हो भने हामी अगाडि बढ्नुपर्छ । अब अगाडि बढ्ने बाटो के हो त ? त्यो भनेको हामीले अर्को कदमबारे निर्णय गर्नुपर्छ । तर सार्कको प्रगति र सफलता अझ क्षेत्रीय सम्पर्क र सम्बृद्धीमा एउटै मात्र अवरोध छ ।”

भारततर्फ संकेत गर्दै कुरेसीले भने,“एउटा देशको मानसिकताले सार्कको ‘स्पिरिट’लाई असफल बनाउँदै छ ।”

भारतीय कुटनीटिक स्रोतले कुरेसीको सार्कको विकासमा भारत अवरोध रहेको टिप्पणीको जवाफ स्वराजले बैठकमा बोलेको मन्तव्यले दिएको बतायो ।

बैठकमा स्वराजले ‘निर्वाध भौतिक सम्पर्कको विकासनै क्षेत्रीय विकास, रोजगारी र सम्बृद्धीको साँचो भएको’ बताएकी थिइन् ।

सामान्यतया दुई वर्षमा बस्ने सार्कको शिखर सम्मेलनमा पछिल्लो समय सन् २०१४ मा काठमाडौँमा आयोजना भएदेखि भएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org