म्यानमारलाई नेपालले ८ विकेटले हरायो
काठमाडाैँ १७,असोज । म्यानमानरलाई सहजै पन्छाउँदै नेपालले आइसीसी टि ट्वान्टी उप क्षेत्रिय क्रिकेट छनोट प्रतियोगितामा विजयी सुरूवात गरेको छ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा म्यानमारले दिएको ३० रनको सामान्य लक्ष्य नेपालले २ विकेट गुमाएर ३ ओभरमा पुरा गर्यो।
नेपालका लागि ओपनर अनिल साहले ११ रन बनाए भने प्रदीप ऐरी शून्य रनमा आउट भएका थिए। बिनोद भण्डारीले १ रन जोड्दा करण केसीले १४ रन बनाए।
यसअघि म्यानमारमाथि नेपालले २ बलमा खेल जित्दै दुर्लभ कीर्तिमान बनाएको थियो।
सन् २००६ मा एसिसि ट्रफीमा म्यानमार ११ रनमा नै अल आउट भएको थियो। जुन लक्ष्य नेपालले दुई बलमा पुरा गर्दै दुर्लभ कीर्तिमान बनाएको थियो। जुन रेकर्ड तोडिन असम्भव जस्तै छ।
सन् २०२० मा अष्टेलियामा आयोजना हुने टि ट्वान्टी कपको लागि नेपालको यात्रा आजबाट सुरु भएको हो। उप–क्षेत्रिय छनोट खेल्दै विश्वकपको यात्रा सुर भएको हो।
प्रतियोगितामा नेपाल सहित आयोजक मलेसिया, चीन, थाइल्यान्ड, भुटान, सिंगापुर र म्यानमार छन्। यी सबै टोली एक अर्कासँग खेल्ने छन् । यसमा शीर्ष ३ मा पर्ने टोली एसियाली क्षेत्रिय छनोटको लागि छनोट हुने छन्।
जसमा पूर्वी र पश्चिम क्षेत्रबाट आएका शीर्ष तीन तीन टोली क्षेत्रिय छनोट प्रतियोगिता खेल्न पाउने छन् ।
पूर्वी क्षेत्र अहिले नेपाल खेली रहेको हो भने पश्चिम क्षेत्रबाट युएई, कतार र कुवेत छनोट भई सकेका छन्। क्षेत्रिय छनोट प्रतियोगिताबाट विजेता र उप विजेता टोली ग्लोबल छनोट प्रतियोगिताको लागि टिकट पाउनेछन्।
ग्लोबल छनोट अर्थात विश्वकप छनोटमा विभिन्न क्षेत्रबाट आएका १४ टोली रहने छन् ।
यी १४ देश मध्य शीर्ष ६ मा स्थानमा बनाउने टोलीले अष्ट्रेलियामा टि ट्वान्टी विश्व कप खेल्न पाउनेछन्।
विभिन्न चरण पार गर्दै ग्लोबल छनोटमा नेपाल शीर्ष ६ भित्र पर्न सके दोस्रो पटक टी-२० विश्वकपको लागि टिकट पाउने छ। नेपाल यस अघि पहिलो पटक २०१४ मा बंगलादेशमा भएको टि ट्वान्टी विश्व कप खेलेको थियो ।
सन्दीप र ललितसामु टिकेन म्यानमार, नेपाललाई जम्मा ३० रनको झिनो लक्ष्य
Comments
अरु समाचार
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...
-
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै
काठमाडौं । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले...