टी–२० विश्वकप छनोट : नेपालको सानदार दोस्रो जित
पारस र सन्दिप चम्किए
काठमाडाैँ २०,असोज । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। नेपालले शनिबार भएको आफ्नो दोस्रो खेलमा आयोजक मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो।
मलेसियाले दिएको १ सय १ रनको लक्ष्य १२.४ ओभरमा २ विकेटको क्षतिमा पार गर्यो। नेपालको जितमा कप्तान पारस खड्काले नटआउट ५२ र उपकप्तान ज्ञानेन्द्र मल्लले नटआउट २७ रन जोडे। पारसले ३७ बलमा ५ चौका र २ छक्का तथा ज्ञानेन्द्रले २४ बलमा २ चौका र १ छक्का हिर्काए। ओपनरद्वय अनिलकुमार साह १ रन र विनोद भण्डारी १२ रनमा आउट भए।
त्यसअघि बायुमास ओभलमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम मलेसिया ३ बल खेल्न बाँकी छदा १०० रनमा अलआउट भयो।
मलेसियाका लागि ओपनिङ ब्याट्सम्यान साफिक सरिफले सबैभन्दा बढि ४९ रन जोडे। उनले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गरे। ओपनर सयद अइजाजले १३ रन बटुले। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए। उनले ४ ओभरमा २० रन खर्चिए। सोमपाल कामीले ३ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट हात पारे।
सन्दीपले १३औं ओभरमा नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए। उनले ४९ रन बनाएर खेलिरहेका साफिक सरिफलाई सोमपाल कामीको हातबाट क्याच गराएका थिए। लगत्तै अर्को बलमा उनले विरन्दीप सिंहलाई शून्य रनमा आउट गरे।
१२औं ओभरमा सोमपाल कामीले लगातार २ विकेट लिए। उनले अहमेद फइज र मोहमद साहजादलाई शून्य रनमा बोल्ड गरे।
यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो।
प्रतियोगितामा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। एसियाका पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन्।
यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट ३ टिमले दोस्रो चरणमा स्थान पक्का गरिसकेका छन्। एसिया पश्चिम क्षेत्रबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए। दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टिमसहित ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणबाट २ टिम मात्र अन्तिम चरणका लागि छनोट हुनेछन्।
अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। १४ मध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।
नेपाली टिम
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी । वैकल्पिक खेलाडी : सुनील धमला, सहाब अलाम, दीपेश श्रेष्ठ, सागर पुन ।
पहिलो चरणको छनोटमा नेपालको बाँकी खेल
असोज २१– नेपाल भर्सेस थाइल्यान्ड
असोज २३ – नेपाल भर्सेस भुटान
असोज २४– नेपाल भर्सेस चीन
असोज २६– नेपाल भर्सेस सिंगापुर
Comments
अरु समाचार
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...