ताजा समाचार

मुख्यमन्त्रीसँगको विवादले खुस्कियो स्थापितको मन्त्री पद !

 

काठमाडौँ । प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव  स्थापितलाई बर्खास्त गरिएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसँग स्थापितको विवाद भएको थियो ।

उनले मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठक चर्चाचर्की नै भएको थियो । मुख्यमन्त्री पौडेलले स्थापितको कार्यशैलीप्रति असतुष्टि जनाउँदै आएका थिए ।

एमाले सांसद केशव स्थापित भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका थिए । स्थापित काठमाडौं महानगरपालिकाका पूर्वमेयर हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org