ताजा समाचार

बिबाहका लागि चर्च खोज्दै रोनाल्डो दम्पत्ति

टुरिन । युभेन्टसका पोर्चुगिच स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले विवाह गर्ने भएको छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अहिले इटालीयन क्लब युभेन्टसबाट व्यवसायीक रूपमा फुटबल खेल्दै आएका पोर्चुगलका रोनाल्डोले आफ्नो एक सन्तानकी आमा तथा फियोन्सी जर्जियाना रोड्रिग्वेजसँग विवाह गर्न लागेका हुन् ।

चार सन्तानसमेत भइसकेको उनीहरूको एक सन्तान जर्जियाना आफैले जन्माएकी हुन् भने दुई छोरा र एक छोरी रोनाल्डोले सरोगेसी मार्फत जन्माएका हुन् ।

३३ वर्षीय रोनाल्डो र २४ वर्षीय रोड्रिग्वेजले केही समयअघि इनगेजमेन्टसमेत गरेका थिए। बिवाहको तयारीमा लागेको यो जोडीले अहिले विवाह गर्ने स्थानको खोजीमा लागेका छन् । उनीहरुले इटालीकै टुरिनमा रहेको कुनै चर्चमा बिहे गर्ने तयारी गरेको समाचारमा जनाइएको छ।  एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org