ताजा समाचार

डडेल्धुरा बस दुर्घटना : १६ जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको स्कूल बस दुर्घटना दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।  डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दुर्घटनामा १६ जनाको मृत्यु भएको पुष्टि गरे । बस सडकबाट २०० मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनको बस दुर्घटनामा परेको हो । बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएकाहरुले स्कुल बस लिएर आएका थिए । मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।

बस खोलाको खोंचमा खसेको छ। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार उग्रतारा जात्रा वाट फर्कंदै गरेको वस सडक देखि ३ सय मिटर तल खसेको हो। पिस जोन एकेडमीको बस डडेलधुराको उग्रतारा मन्दिरमा लाग्ने जात्राबाट फर्कंदा दुर्घटनामा परेको हो।बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org