ताजा समाचार

नेपाली सेनामा खुल्यो ३८ सय जनालाई जागिर

 

काठमाडौँ ।  नेपाली सेनामा झन्डै ३८ सय पदका लागि आवेदन आह्वान गरिएको छ। भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार ३ हजार ७ सय ८४ पदका लागि आवेदन माग गरेको हो।

लेखा जमदार कर्मचारी, सहायक पण्डित हुद्दा, अमलदार कर्मचारी, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा विभिन्न ट्रेडका फलोवर्स पदका लागि जनशक्ति माग गरिएको हो।

उक्त पदका लागि नेपाली सेनाका जंगी अड्डा, इटहरी, धनकुटा, धनुषा, बारा, हेटौंडा, सिन्धुली, उपत्यका पृतना नारायणहिटी, पोखरा, बाग्लुङ, रूपन्देही, नेपालगन्ज, दाङ, सुर्खेत, जुम्ला र दीपायल कार्यालयमा आवेदन दिन सकिनेछ।

आवेदन मंसिर २४ गतेसम्म दिनुपर्नेछ। दोब्बर दस्तुर तिररे पुस २ सम्म पनि दिन मिल्ने नेपाली सेनाले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org