वडा कार्यालय बन्द, अध्यक्षकै झोलाबाट सेवा प्रवाह
सोलुखुम्बु । महाकुलुङ गाउँपालिका–३ छेस्कामको वडा कार्यालय अधिकांश समय बन्द हुन्छ । वडाको आफ्नै भवन भए पनि महीनौँ महीना कार्यालय बन्द रहने गरेको स्थानीय नागरिकले गुनासो गरेका छन् ।
वडा कार्यालयमा दैनिक कर्मचारी नहुने भएपछि सेवाग्राहीसमेत नआउने गरेको स्थानीय प्रशान्त विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालयमा जनप्रतिनिधिनै आउँदैनन् अनि कसरी सेवा लिन हामी त्यहाँ जानु ?” वडा कार्यालयबाट प्रदान गरिने हरेक सेवा वडा कार्यालयबाट प्रदान गरिनुपर्ने भए पनि छेस्काममा भने त्यो नभएको स्थानीयको गुनासो छ ।
सेवा लिने सेवाग्राहीले वडाध्यक्षसँग फोन सम्पर्क गर्ने र जहाँ भेटियो त्यही सेवा आदानप्रदान गर्ने गरेको स्थानीय रामबहादुर कुलुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश वडाले कर्मचारीनै व्यवस्था गरेर कार्यालयबाट सेवा प्रदान गर्ने गरिएको भए पनि महाकुलुङमा कुनै व्यवस्था(सिस्टम) छैन ।” आफ्नै वडा कार्यालयको भवन भए पनि वडा कार्यालयको सेवा झोलामार्फत प्रदान गरिनु लज्जास्पद भएको स्थानीयको भनाइ छ ।
यता वडाध्यक्ष दिकबहादुर कुलुङले कार्यालय समय नभनीकन सेवा प्रदान गरिरहेको बताउनुभयो । वडासचिवसमेत स्वास्थ्यका कर्मचारी भएकाले आफूले झोलामार्फतनै वडा कार्यालयको सेवा प्रदान गर्ने गरेको बताउनुभयो । कार्यालय खुले पनि नखुले पनि सेवा बन्द नभएको वडाध्यक्ष कुलुङले दाबी गर्नुभयो ।
Comments
अरु समाचार
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...












