खेलाडीले स्वाभिमानको जीवन बिताउन पाउने
बनेपा । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खेल जीवनपछि पनि खेलाडीले स्वाभिमानको जीवन बिताउने बताउनुभएको छ ।
प्रथम इण्डो नेपाल ओपन फुल कन्ट्याक्ट कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट प्रतियोगिताको शनिबार काभ्रेपलाञ्चोकको बनेपामा भएको समापन कार्यक्रममा उहाँले खेलाडीको जीवन निर्वाहका लागि योजना बनाएर अगाडि बढिरहेको बताउनुभयो ।
अहिले आफूहरुले खेललाई प्राथमिकता दिएर खेलाडीको कल्याणकारी कामका निमित्त पेन्सनको व्यवस्था गरेको उहाँको भनाइ छ ।
अहिले नेपालमा खेलकूदको छुट्टै विश्वविद्यालय नभएका कारण पढ्न गए खेल छुट्ने र खेल्न गए पढाइ छुट्ने अवस्था भएकाले अब छिट्टै खेलकूद विश्वविद्यालय खोल्ने तयारीमा रहेको उहाँको भनाइ छ ।
सो क्रममा विष्टले विजयी खेलाडीलाई पदक वितरण गर्नुभएको थियो । प्रतियोगितामा पुरुषतर्फ ३० केजी तौल समूहमा सागर थिङ प्रथम र समीर बुढाथोकी दोस्रो हुनुभएको छ भने ३५ केजी तौलभन्दा मुनिका निरोज तामाङ प्रथम र आशुतोष बादे दोस्रो हुनुभएको थियो । त्यस्तै ४० केजीभन्दा कम तौल समूहमा अनिल बमजन प्रथम र संसार खड्का दोस्रो हुनुभएको थियो । ४५ केजीभन्दा कम तौल समूहमा मन्दीप भुसाल प्रथम र अमित मगर दोस्रो हुनुभएको थियो । ५० केजी मुनिको तौल समूहमा पारस शाह ठकुरी प्रथम र सरोज तामाङ दोस्रो हुनुभएको थियो ।
त्यसैगरी महिलातर्फ खुला तौल समूहमा उषा श्रेष्ठ प्रथम र नविना तामाङ दोस्रो हुनुभएको थियो । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिता नेपाल र भारतबीचमा खेलको माध्यमबाट सुमधुर सम्बन्ध बढाउन र एकै संस्कृतिसँग बाँधिएका सामाजिक जीवनलाई थप विकास गर्नका लागि सो प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ ।
नेपाल क्योकुसिन सेइसिन काइकान कराँते सङ्घका केन्द्रीय अध्यक्ष एवं सो सङ्घको जापानको तर्फबाट नेपाली शाखा प्रमुख अशोक श्रेष्ठको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा भारतको ३५ र नेपालका १४० खेलाडी गरी १७५ जनाको सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...