ताजा समाचार

अभियुक्तलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

काठमाडौं । काठमाडौंको रातोपुलमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डकैती सम्बन्धी घटनामा मुछिएका राजन लिम्बुलाई पक्राउ गर्न गोली चलाएको हो ।

उनको खुट्टामा गोली लागेको छ । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले दाबी गरेको छ । उनी पनि हतियारसहित उपस्थित भएको महाशाखाले जनाएको छ । उनको साथबाट चाइनिज पेस्तोल र चार राउण्ड गोली भेटिएको प्रहरीको दाबी छ ।

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले दिएको जानकारी अनुसार लिम्बुले पछिल्लो समय इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरका सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटेका थिए । उनले यसअघि ६ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org