स्टार स्पोर्ट्सको सम्झौताप्रति तीन संस्थाको आपत्ति, राष्ट्रिय हितविपरीत सम्झौता भएको टिप्पणी
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारणका लागि भारतीय च्यानल स्टार स्पोर्ट्सलाई ठूलो रकम तिरेर गरिएको सम्झौता विवादित बनेको छ । सञ्चार तथा विज्ञापन क्षेत्रका तीन संस्थाले साझा विज्ञप्ति जारी गर्दै उक्त सम्झौताप्रति आपत्ति जनाएका छन् ।
नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले विज्ञप्ति जारी गर्दै क्यानको यो कदम राष्ट्रिय हितविपरीत तथा अवैधानिक रहेको दाबी गरेका हुन् । एनपीएल आयोजना हुनु सुखद भएको र यसले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा बताइएको छ, तर यो प्रतियोगिताले नेपाल र नेपालीको हित एवं अधिकारको अवमूल्यन हुन नहुनेमा विज्ञप्तिमा जोड दिइएको छ ।
नेपाल प्रिमियर लिगको आयोजनामा नेपाल क्रिकेट संघबाट केही अवैधानिक, गैरकानूनी र गैरव्यवसायिक तथा अनैतिक क्रियाकलापहरु जानाजान वा भुलवश हुन गएको विज्ञप्तिमा उल्लेख छ । विनाप्रतिस्पर्धा स्टार स्पोर्ट्स छनोट गरिनु गैरकानूनी भएको आरोप लगाइएको छ ।
Comments
अरु समाचार
-
रोहितको कप्तानी पारिमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको विजय लक्ष्य
काठमाडौं । कप्तान रोहित पौडेलको ९५ रनको मदतमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य...
-
न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणाली उपयुक्त छ: प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको बताएका छन् । सर्वोच्च अदालतमा...
-
चितवन राइनोज विरुद्ध कर्णाली याक्सको संघर्षपूर्ण जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले संघर्षपूर्ण जित निकालेको छ । आजा टियु स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको...
-
बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना गर्ने
काठमाडौं । बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार आयोजना गरेको...
-
भूटानी राजा काठमाडौंमा, स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गरेर स्वदेश फर्कने
काठमाडौं । भूटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा...
-
एनपीएलः आज चितवन र कर्णाली तथा लुम्बिनी र पोखरा भिड्दै
काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपीएल) को दशौं र एघारौं खेल हुँदैछ । आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली...
-
वाइडबडी विमान खरिदमा अनियमितता गर्ने कसलाई कस्तो जेल सजाय ?
काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई...
-
जनकपुरधाममा आज भगवान श्रीराम र सीताको विवाह उत्सव
जनकपुरधाम । आजु मिथिला नगरिया निहाल सखिया… २ चारों दुलहा में बड़का कमाल सखिया… २ जनकपुरधाममा अहिले जताततै यस्तै बैवाहिक...
-
आजको राशिफल: २०८१ मंसिर २१ गते शुक्रवार
मेष : कामकाे प्रतिफल हातपार्न केही समय लाग्नेछ। आँटले काम लिन नसक्दा केही पछि परिनेछ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय...