चालक अनुमतिपत्र : प्रविधिले समस्या
ललितपुर । यातायात व्यवस्था कार्यालय एकान्तकुनामा चालक अनुमतिपत्रमा प्रविधिका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ ।
प्रविधिले समस्या आउँदा सेवाग्राहीलाई असुविधा भएको सो कार्यालयका शाखा अधिकृत रमेश पौडेलले बताउनुभयो । उत्तीर्ण अनुत्तीर्णबारेको अभिलेख ढड्डा र सर्भरमा एकरुपता नहुँदा समस्या देखिएको हो । उहाँले भन्नुभयो, “यी सबै गल्ती सच्याउनै पर्ने हुँदा समय लाग्छ ।” चालक अनुमतिपत्रमा पहिले एउटा समूहमा रहेको सवारीलाई अहिले अर्काे समूहमा राखिएको छ । पहिले अन्य समूहमा राखिएको गह्रौँ सवारी (हेभी)लाई अहिले छुट्टै समूहमा राखिएको छ ।
केही दिनपहिले सवारी चालक अनुमतिपत्र नवीकरणका लागि सेवाग्राही आउँदा एउटा समूहबाट अर्काेमा नवीकरण गर्न शाखा अधिकृत पौडेलले यहाँबाट सक्नुभएन । यी सबै समस्यामा कार्यालयले सेवाग्राही विभाग पठाउँछ । उहाँले भन्नुभयो, “यहाँबाट समाधान नहुने समस्या विभागमा नै पठाउनुपर्ने अवस्था छ ।”
कार्यालयमा अहिले कार्यरत कर्मचारीमध्ये तीन जनाले मात्रै सर्भरको प्रयोग गर्छन् । त्यसमा देखिएको समस्या तीनै कर्मचारीले समाधान निकाल्न नसकेपछि विभाग पठाउने गरिएको छ ।
नीतिगत रुपमा कार्यालय प्रदेश मातहतमा गए पनि व्यावहारिकरुपमा गएको छैन । प्रविधि हस्तान्तरण नहुँदा सामान्य समस्या आउँदासमेत सेवाग्राही विभागनै पठाउनुपरेको कर्मचारी बताउँछन् ।
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
काठमाडौं । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा गर्दै आएका छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि...
-
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका...
-
आजको राशिफल: २०८१ जेठ ५ गते शनिवार
मेष: स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। परिस्थितिसँग सम्झौता...
-
निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज...
-
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ
काठमाडौं । कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी...
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
काठमाडौं । विराटनगर महानगरपालिकाले भौतिक संरचनाको विकाससँगै स्वास्थ्य र शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताएको छ ।...
-
काठमाडौँ उपत्यकामा पनि तापक्रम बढ्ने
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित...