संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण बनेको अवस्थालाई सौहाद्र्धपूर्ण बनाउन पहल भइरहेको नेताहरुको भनाइ छ ।
सहमति नभइ संसद बैठक सञ्चालन गर्दा वातावरण बिग्रने भएकाले हिजोको संसद बैठक भोलिसम्म सारिएको छ । भोलि बिहान ११ बजे बैठक बस्नुअघि सहमति जुटाउन नेताहरुले थप पहल गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी विकल्पसहित सभामुखसहित सत्तापक्ष र प्रतिपक्षका नेताहरुसँग छलफल गर्दै गर्दै छन् ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले संसदीय समिति बनाउनुपर्ने मागसहित निरन्तर संसद अवरोध गर्दै आएको छ । गृहमन्त्रीको नाम नजोडी सहकारी प्रकरणबारे छानबिन समिति बनाउन सत्तापक्षले पनि सहमति जनाएको छ । तर कांग्रेसले गृहमन्त्रीको नाम जोडेरै समिति गठन हुनुपर्ने अडान राख्दै आएको छ।
नेताहरुकाअनुसार गृहमन्त्रीले आफूमाथि उठेका प्रश्नको जवाफ दिने र संसदीय समिति बनाउने गरी सहमतिको प्रयास भइरहेको छ । सहमति जुटाउन प्रधानमन्त्री र अरु नेताहरुले पहल गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमवार संसदबाट विश्वासको मत लिने कार्यतालिका भएकाले आज कांग्रेससित निर्णायक वार्ता गर्न लागेको बुझिएको छ ।
भोलि संसद्को बैठक बस्ने बेलासम्म सहमति नभए पर्सि सोमवार विश्वासको मत लिने कार्यतालिका प्रभावित हुन सक्ने भएकाले प्रधानमन्त्रीले आजै सहमति जुटाउनेगरी पहल गरेका हुन् ।
Comments
अरु समाचार
-
शंखरापुर बस दुर्घटनाः ज्यान गुमाउने तीन विद्यार्थीको सनाखत
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाउने तीन जना विद्यार्थीको सनाखत भएको छ । चाबहिलको...
-
खानेपानीको पाइप फुट्दा बबरमहलमा बाढी, डुबानमा सरकारी कार्यालय
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप फुटेर लथालिंग बन्दा विशेष अदालत वन कार्यालय परिसर डुबानमा परेको छ।पाइप फुटेपछि अहिले...
-
मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल
काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा...
-
कोशीटप्पुमा चराको सङ्ख्या बढ्यो, ७६ प्रजाति
मोरङ। कोशीटप्पु वन्यजन्तु आरक्षमा यसवर्ष चराको सङ्ख्या बढेको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगत वर्षको तुलनामा...
-
सरकारले फागुनमा देशव्यापी नसर्ने रोग परीक्षण गर्ने,१ करोडलाई समेट्ने लक्ष्य
काठमाडौं । देशमा नसर्ने रोगको भार बढ्दै गएको स्थितिमा यसलाई नियन्त्रण गर्न सरकारले फागुन महिनाभर नसर्ने रोगको परीक्षण देशव्यापी रूपमा...
-
आज विभिन्न आठ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद्अन्तर्गतका ८ वटा समितिले बुधबार एकै दिन...
-
क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु
काठमाडौं । बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालिएको छ । विभागका अनुसार धेरै...
-
च्याम्पियन्स लिगकाे प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित
काठमाडौं । च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-२ ले हराएको...
-
एक महिना लामो स्वस्थानी व्रत समापन हुँदै
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि वैदिक...