पर्यटन प्रवद्र्धनका लागि रु ९० करोडको गुरुयोजना
घोराही । दाङको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीको पर्यटन प्रवद्र्धनका लागि झण्डै रु ९० करोडको गुरुयोजनाको तयारी गरिएको छ ।
यहाँको पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न करीब रु ९० करोड बढीको गुरुयोजना बनाएर अघि बढ्ने पाण्डवेश्वर महादेव धामका सचिव विष्णुराम आचार्यले बताउनुभयो । “पहिले हामीले करीब रु ७० करोडको गुरुयोजना बनाएका थियौँ । सो गुरुयोजनाबाट केही काम सम्पन्न पनि भइसकेका छन्”, उहाँले भन्नुभयो, “पहिलेको गुरुयोजनाको केही छुटेको थियो त्यसलाई समेटेर अब बृहत् गुरुयोजना भन्दैछ यसको तयारीमा हामी जुटेका छौँ ।” नयाँ गुरुयोजनामा धाम वरपरको वन क्षेत्रलाई संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करीब चार बिघा क्षेत्रफलमा ढुङ्गा सयर गर्ने खालको ताल निर्माण गर्ने, धामसँग धार्मिक सम्बन्ध रहेको धामदेखि करीब दुई किलोमिटर माथि सुनकोट डाँडोमा ३१ क्विन्टलको घण्ट निर्माण, सुनकोटसम्म पुग्नाका लागि चार हजार ९६३ सिँढी निर्माण गर्ने छन् ।
सिँढी निर्माण गर्दा एक जना दाताले एउटा मात्रै सिँढी निर्माण गर्न पाउने छ । यसअघिको गुरुयोजनाअनुसार मन्दिर परिसरमा ॐ पोखरी निर्माण १०८ गौमुखी धारा निर्माण, १०८ वरपीपल रोपनलगायतका कार्य सम्पन्न भइसकेको सचिव आचार्यले बताउनुभयो । अहिले गुरुयोजनाको लागि कानूनी प्रक्रिया अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । प्रदेश नं ५ ले यस आर्थिक वर्षमा धारापानी धामको पर्यटन विकासका लागि रु पाँच करोड बजेटसमेत विनियोजन गरेको छ ।
‘न्यायिक समितिमा उपलब्धि बढ्दै’
घोराही उपमहानगरपालिकाले गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा न्यायिक समितिमा भए गरेका कामको विवरण सार्वजनिक गरेको छ । उपमहानगरका न्यायिक समितिका प्रमुख सीता सिग्देल न्यौपानेले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी आव २०७४/०७५ को असार समान्तसम्म न्यायिक समितिमा दर्ता भएका २५६ उजुरीमध्ये १०५ किनारा लागेको जानकारी दिनुभयो ।
यस्तै अघिल्लो वर्षका बाँकी मुद्दा चालू आवमा पनि छलफलमै रहेको उहाँको भनाइ थियो । यसैगरी चालू आव २०७५÷७६ मा अहिलेसम्म ८५ उजुरीमध्ये ३७ वटा मित्रापत्र गरिसकेको उहाँले बताउनुभयो । उहाँले न्यायिक समिीिमा विशेष गरी लेनदेन, सम्बन्धविच्छेद, जग्गा, विवाद, जग्गा रोक्का, कुलो नाला पानी, घरभाडा, घरेलु हिंसा, वातावरण, गाली बेइज्जती, अंश मुद्दा, कुटपिटका मुद्दा आउने गरेको जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
दुर्लभ कीर्तिमानी कायम गदै पूर्जा, ८ हजार मिटरभन्दा अग्ला १३ हिमाल बिना अक्सिजन आरोहण
काठमाडौं । पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गदै आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका...
-
काठमाडौंमा अन्तर्राष्ट्रिय पर्यटन मेला आजदेखि सुरु
काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु भएको छ । आज...
-
बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन
काठमाडौं । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा...
-
चिनियाँ पर्यटक भित्र्याउन छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम
काठमाडौं । चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ । नेपालका होटल...
-
अन्नपूर्ण–धवलागिरि पदमार्गको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण
काठमाडौं । म्याग्दीको अन्नपूूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ...
-
बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम
काठमाडौं । चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) सँगको सहकार्यमा बेइजिङमा पर्यटन...
-
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
काठमाडौं । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी,...
-
एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक
काठमाडौं । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको...
-
लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना
काठमाडौं । राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको स्मृति ‘ग्यालरी’ स्थापना गरिएको छ । उनको जीवनकालका...