दुर्लभ कीर्तिमानी कायम गदै पूर्जा, ८ हजार मिटरभन्दा अग्ला १३ हिमाल बिना अक्सिजन आरोहण
काठमाडौं । पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गदै आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटामा बिना अक्सिजनको सहायता विनै आरोहण गरेका छन्।
विश्वकै दोस्रो अग्लो हिमाल केटु हिमालबाट सुरु भएको अभियान अन्तरगत म्याग्दीमा रहेको सातौँ अग्लो धौलागिरि हिमाल र १० औँ अग्लो हिमालको समेत आरोहण गरेका छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पूर्जाले आरोहणका लागि सबैभन्दा चुनौतीपूर्ण र खतरनाक हिमालमध्ये एक पाकिस्तानको केटुबाट सुरु भएर कञ्चनजंगा हुँदै विश्वकै अग्लो सगरमाथा, ल्होत्से,मकालु,च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो रहेको छ ।
अब तिब्बतमा रहेको शिशापङ् मात्रै बाँकी छ । ‘अब यो पनि छिट्टै आरोहण गर्नेछु, नेपाललाई पर्वतारोहणको क्षेत्रबाट चिनाउने नै मेरो पहिलो लक्ष्य रहेको छ’ आरोही पूर्जाले भने ।
उनले हालसम्म ८ हजार मिटर बाहेक अन्य हिमाल गरी १८ वटा रहेको छ । आरोही पूर्जाको कम्पनी इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सह–संस्थापक मिङ्मा डेविड शेर्पाले हिमाल आरोहणका क्षेत्रमा पुस्त पुस्तासम्म सम्झिन लायक रेकर्ड बनिरहेको बताए । पहिलो पटक विश्वभर कीर्तिमानी कायम गर्ने अभियानमा पनि पूर्जाले अन्तिममा विश्वकै चौथो अग्लो शिशापङ् ९८०२७ मि.हिमाल आरोहण गरेका थिए । १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा छन् ।
पूर्जाले जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ हिमालको समेत आरोहण गरी विश्वभरका आरोहीलाई चकित पारेका थिए । हालसम्म विश्वका आठ हजार मिटर अग्ला हिमालहरू ४७ पटक भन्दा बढी आरोहण गरेका छन् । उनको धेरै पटक आरोहण गर्ने, जाडो याममा समेत आरोहण गर्ने जस्ता कीर्तिमानीहरू थपिँदै गएको छ । सन् २००३ मा पोखरास्थित ब्रिटिस क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभूत तालिमको ज्ञान प्राप्त गरेका थिए ।
कर्पोरल निर्मल बेसिक टेनिङमा च्याम्पियन रिकु्रटको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिस आर्मीको कमाण्डो समेत गरेका थिए । उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा समेत काम गरेका पूर्जाले गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए ।
सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । म्याग्दीमा रहेको धौलागिरि र अन्नपूर्ण हिमालको प्रवर्धनमा समेत पूर्जा सक्रिय छन्। उनको कम्पनीबाट यी दुई हिमालमा विभिन्न देशका आरोहीले आरोहण गरेका छन् ।
Comments
अरु समाचार
-
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डले शनिबारदेखि बाढीपीडितलाई राहत वितरण गर्दै
बैंकक। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डले लगातारको भीषण वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानले...
-
बीपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
धुलिखेल । नमोबुद्ध नगरपालिका–५ ल्हासकोटका धनकुमार लामाले अविरल वर्षाका कारण गएको बाढीपहिरोले बाटो टुटेपछि पसलमा भएको सामान सबै रित्तिसकेको बताउनुभयो...
-
त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि क्यानडाले जित्यो
काठमाडौँ । त्रिकोणात्मक टि–२० सिरिजको उपाधि क्यानडाले जितेका छ । क्यानडाको किङ्गसिटीमा सम्पन्न खेलमा क्यानडाले ओमानलाई पाँच विकेटले पराजित गर्दै...
-
तटबन्ध नगर्दा सुस्ता डुबानमा, दुवै देशको कमजोरी
नवलपरासी । भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ...
-
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौं । नवरात्रको दोस्रो दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ।नवरात्रको पहिलो...
-
आजको राशिफल: २०८१ साल असोज १८ गते शुक्रवार
मेष: व्यवसायका लागि यात्रा सम्भावना छ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ।...
-
मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनद्वारा बाढीपीडितलाई राहत हस्तान्तरण
काठमाडौं । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको सक्रियतामा आज कार्भेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपहिरोपीडित तीन सयभन्दा बढी परिवारलाई राहत...
-
पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज यहाँ आयोजित समारोहमा...
-
प्रधानमन्त्रीसँग बंगलादेशका मन्त्री हसनको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा रहेकी बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार...