ताजा समाचार

बत्तिसपुतलीमा छतबाट खसेर बालकको मृत्यु

काठमाडौं  । काठमाडौंको बत्तिसपुतलीमा शनिबार दिउँसो घरको छतबाट खसेर ४ बर्षीय बालकको मृत्यु भएको छ। खेल्दै गरेको अवस्थामा तिनतलाबाट खसेका  बालक अंशु गिरी गम्भीर घाइते भएका थिए । उपचारका लागि तत्काल केएमसी अस्पताल सिनामंगल लगिएको थियो। केएमसीले पनि थप उपचारको लागि नेपाल मेडिसिटी अस्पताल नख्खु रेफर गरेको थियो। तर बाटैमा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। अंशु  काभ्रे चौरी देउराली घर भई बत्तिसपुतली बस्दै आएका भुपेन्द्रराज गिरीका छोरा हुन् । सेवा सदन स्कुलमा के वानमा अंशु अध्ययनरत थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org