राजदूत लक्की काण्ड के हो ?
काठमाडौं २४ पुस । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन निर्देशन दिएका छन्।
सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले विवादास्पद राजदुत शेर्पालाई बर्खास्त गर्ने निर्णय गरेको खबर मन्त्रीपरिषद स्रोतबाटै बाहिरिएको थियो। तर राती अबेर चाहिँ बर्खास्त गरिएको नभएर राजिनामा दिन सुझाव मात्र दिएको बताइयो।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले सोमबार शेर्पालाई सरकारी निवास बालुवाटारमा बोलाएर राजीनामा दिन सुझाव दिएको एक मन्त्रीले बताए। ‘यस्ता समाचारमा नाम उल्लेख नगर्न’ भन्दै ती मन्त्रीले भने, ‘दुबै नेताले शेर्पालाई राजीनामा नदिए बर्खास्त गर्ने निर्णयका लागि सरकार बाध्य हुने जानकारी गराएका छन्, संभवतः उनले चाँडै राजिनामा दिनेछिन्।’
प्रधानमन्त्रीले राजिनामा दिन निर्देशन दिएकाले शेर्पालाई बर्खास्त गर्नेबारे सोमबारको मन्त्रिपरिषद बैठकमा छलफल नभएको ती मन्त्रीले बताए। प्रधानमन्त्री ओलीले शेर्पासँग कुरा गरेको र चाँडै राजीनामा आउने जानकारी मन्त्रिपरिषद्लाई गराएका थिए।
‘सम्बन्धित नेतृत्वले कुरा गरेका छौं भनेपछि निर्णय भइसकेको छैन, आजभोली नै शेर्पाको राजीनामा नआए बर्खास्त गर्नुको बिकल्प रहँदैन’, ती मन्त्रीले मंगलबार बिहान भने।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई पदबाट बर्खास्त गरेको भन्ने समाचार सरकारबाटै बाहिरिएको थियो। तर रातारात ‘शेर्पा बर्खास्त नभएको तर राजीनामा नदिए बर्खास्त गर्ने’ खबर आएको हो।
अष्ट्रेलियामा पूर्वचालक वाङ्छु शेर्पाले लक्कीलाई मानव बेचबिखनको आरोप लगाएपछि उनी विवादमा परेकी थिइन्। विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो। परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि उनले अटेरी गर्दै आएकी छन्। राजदूत विवादमा परेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तापक्षीय सांसदहरुले छानबिनको माग गरेका थिए।
Comments
अरु समाचार
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...












