ताजा समाचार

आर्थिक वर्षको ६ महिनामा ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब १२ करोड

काठमाडौं।

चालु आर्थिक वर्षको ६ महिनामा ग्लोबल आइएमई बैंकले १ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ।

बैंकले १५.४४ प्रतिशतले व्याज आम्दानी बढाएको छ भने खर्च भने ९.०८ प्रतिशतले मात्रै बढेको छ । खुद व्याज आम्दानी २ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ। पुससम्ममा १२ प्रतिशतले निक्षेप बढाएर एक खर्ब १३ अर्ब रुपैयाँ संकलन गरेको छ भने ऋण लगानी १८.८५ प्रतिशतले विस्तार गर्दा एक खर्ब २ अर्ब पुर्याएको छ।

बैंकले गत बर्ष ९७ करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो। निक्षेप संकलनको तुलनामा ऋण लगानीमा जोड दिएको बैंकले खुद व्याज आम्दानी २८.१८ प्रतिशतले बढाएको छ।

ऋण विस्तारमा आक्रामक देखिएको बैंकको पूँजी कोष अनुपात ०.१३ प्रतिशत विन्दुले घटेर ११.३० प्रतिशतमा ओर्लेको छ। खराव कर्जामा उल्लेख्य सुधार गरेको बैंकले पुससम्ममा ०.८६ प्रतिशत विन्दुले घटेर ०.७५ प्रतिशतमा झारेको छ।

आधार व्याजदर ०.२२ प्रतिशत विन्दुले घटेर १०.०९ प्रतिशत कामय गरेको छ। प्रति शेयर आम्दानी २३ रुपैयाँ रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org