हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
काठमाडौँ : तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन् । हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सरोकारवालाहरूबीच आज भएको छलफलपछि उक्त विषय कार्यान्वयनका लागि पाँच बुँदे सहमति भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घन्टा बन्द भएसँगै हवाई भाडादर महँगिएको गुनासो बढेपछि आज प्राधिकरण, अन्तरमन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी हवाई कम्पनीका प्रतिनिधिहरूको बैठकले हवाई टिकटको उपलब्धता एवं सहज र सुलभ हवाई यातायात सञ्चालन गर्न छलफल गरी निर्णय गरेको छ ।
जसअनुसार एयरलाइन्स कम्पनीहरूले ट्राभल एजेन्सीलाईपछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रूपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए) खारेज गर्ने निर्णय भएको छ । अब सम्पूर्ण वायुसेवा कम्पनीहरूले यसको पालना गर्नुपर्नेछ ।
सबै वायुसेवा सञ्चालकले दुईपक्षीय हवाई सेवा सम्झौताको ‘प्राइसिङ’ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्नेगरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ प्रावधानको पालना गर्नुपर्नेछ । यही कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माणको कार्य सुरु भएको छ । उडान समय कटौतिभएपछि एयरलाइन्सहरूले महँगो हवाईभाडा लिएको गुनासो आइरहेको छ ।
त्यस्तै सबै वायुसेवा सञ्चालकहरूले उडान वृत्त वमोजिमको हवाई भाडा सूची तोक्ने तथा सार्वजनिक गर्नुपर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ । ट्राभल एजेन्सीहरूसँग टिकट बिक्रीको सम्झौता गर्दा निश्चित सङ्ख्या मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिमा रहेर मात्र सेवा शुल्क लिनेगरी व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने जनाइएको छ ।
बैठकमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलासहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका सञ्चालकहरू सहभागी थिए ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...
-
‘अब फेरि हाहुकै भरमा सरकार बन्दैन, निर्वाचन पछि एमालेकै बन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् । शनिबार एमाले...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...
-
राष्ट्रिय जागृति क्लब गछिया गोल्डकपको फाइनलमा प्रवेश
गछिया, मोरङ। अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि राष्ट्रिय जागृति क्लब र गाईघाट युनाइटेड प्रतिस्पर्धा गर्ने भएका...












