ताजा समाचार

प्रभु बैंकको सिइओमा पुनः अशोक शेरचन

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः अशोक शेरचन नियुक्त भएका छन् ।

बैंकको १ सय ३३ औं सञ्चालक समितिको बैठकले सेरचनलाई दोस्रो कार्यकालका लागि सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रभु फाइनान्स हुँदादेखि नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गर्दै आएका शेरचन प्रभु बैंकमा पनि सीइओ थिए । बैंकमा उनको पहिलो कार्यकाल यही माघमा सकिँदै थियो ।

शेरचनको कार्यकाल माघ १८ गतेदेखि ४ वर्षको हुने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org