खेलाडीलाई आजीवन भत्ता दिन आवश्यक छ : मन्त्री विश्वकर्मा
काठमाडौँ ।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रका गहनाका रूपमा रहेका खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउनुपर्ने बताएका छन् ।
अक्सिडेन्टल पब्लिक स्कुलको २५औँ वार्षिकोत्सवको अवसरमा सो स्कुलले आजदेखि सानोगौचरमा आयोजना गरेको तीनदिने खेलकूद महोत्सवमा मन्त्री विश्वकर्माले राष्ट्रका लागि पदक जित्न सफल खेलाडीलाई मासिक भत्ता दिन सके खेलाडी पलायन हुनुपर्ने अवस्थाको अन्त्य हुने बताएका हुन् ।
खेलकूदका माध्यमबाट विद्यार्थीमा बौद्धिक विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै उहाँले बालबालिकामा चाहनाअनुसारको खेलमा समयदेखि नै उचित लगानी गर्न सके प्रतिफल राम्रो आउने उल्लेख गरे ।
नेपाली क्रिकेटले हासिल गरेको पछिल्लो उपलब्धिको प्रशंसा गर्दै उनले मुलुकलाई संसारमा चिनाउने एकमात्र माध्यम खेलकूद भएको उल्लेख गरे ।
कार्यक्रममा त्रिवि व्यवस्थापन सङ्कायका डीन प्रा डा डिल्लीराज शर्मा, प्रा डा श्रीप्रसाद कोइराला, वरिष्ठ कलाकार मदनदास श्रेष्ठलगायतले महोत्सवको शुभकामना व्यक्त गरे ।
खेलकूद महोत्सवअन्तर्गत विद्यालयले तीनदिनसम्म फुटबल, क्रिकेट, खोखो, एथलेटिक्सलगायतका खेल सञ्चालन गर्ने विद्यालयका शिक्षक तुलसी घिमिरेले जानकारी दिए । विद्यार्थीको मानसिक, शारीरिकका साथै बौद्धिक विकास गर्ने उद्देश्यले खेलकूद महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।
कक्षाकोठाको सीमित ज्ञानले मात्र विद्यार्थीको बौद्धिक स्तर वृद्धि नहुने भएकाले विद्यार्थीको रुचिअनुसारको ज्ञान दिन खेलकूदका गतिविधि गर्न लागिएको विद्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...
-
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै
काठमाडौं । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले...