सुदूरपश्चिमका पानी घट्ट लोप हुँदै
अमरगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्ट लोप हुन थालेका छन् । केही वर्ष पहिले पर्याप्त मात्रामा प्रयोग हुने घट्ट अहिले लोप हुने अवस्थामा रहेका छन् ।
सुदूरका पहाडी क्षेत्रमा स्थानीय खोलाका पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहुँ, कोदो, चामल, मकै र फापर लगायतका अन्न पिसानी गर्दथे । तर अहिले आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानी घट्ट लोप हुन थालेको नवदुर्गा गाउँपालिका–१ का करन कामीले बताए ।
सुदूरका पहाडी जिल्ला डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम र बाजुरा लगायतका विभिन्न ठाउँमा हजारौँ सङ्ख्यामा रहेका पानी घट्ट प्रयोगविहीन भएको र ती घट्ट नयाँ प्रविधिसाथ सञ्चालन हुन थालेपछि लोप हुनथालेको स्थानीयवासीको भनाइ छ ।
हाल प्रयोग विहीन रहेका पानी घट्टलाई विभिन्न जिल्लामा गैरसरकारी संस्थाले सुधार गरी आधुनिक प्रविधिअनुसार पिसानी, तेल पेलानी र काठ चिरानी समेत गर्नसक्ने घट्ट बनाएर सञ्चालनमा ल्याएसँगै पुराना पानी घट्ट लोप हुने अवस्थामा पुगेको पुराना घट्ट सञ्चालन गर्दै आएका अमरगढी नगरपालिका–७ का घट्टधनी पदमबहादुर कैनीले बताए ।
पहिले पानी घट्टबाट पिसानी गर्दा पिसानी गरेको अन्नको केही भाग घट्ट धनीलाई दिने चलन थियो । तर अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक प्रविधिका पिसानी गर्ने मिल ठाउँठाउँमा बनेपछि पानीघट्ट प्रयोग गर्नेको सङ्ख्या घटेको छ । केहीले आधुनिक घट्टबाटै कुटानी पिसानी गर्ने गरेका छन् ।
मिलमा कुटानी पिसानी गरेवापत प्रतिकिलोको रु दुई देखि चार रुपैयाँसम्म रकम दिनुपर्ने गरेको पाइन्छ । अहिले पुराना घट्टमा पिसानी गर्ने कोही पनि नआउने भएकाले पुराना पानीघट्ट बन्द गर्नुपरेको पानी घट्ट चलाउँदै आउनु भएका गन्यापधुरा गाउँपालिका–५ का कमलबहादुर ओली बताउँछन् ।
घट्टमा पिसानी गर्दा लामो समय कुर्नुपर्ने बाध्यता रहेको तर मिलमा भनेकै समयमा कुटानी र पिसानी हुने भएकाले पानी घट्ट प्रयोग गर्नेको सङ्ख्या घट्दै जाँदा घट्ट बन्द गर्नुपर्ने अवस्थामा पुगेको ओलीको भनाइ छ । तर घट्टबाट पसिानी गरिएका अन्नको पिठो स्वास्थ्यका लागि अति नै लाभदायक मानिने गरेको जानकारहरूको भनाइ छ ।
Comments
अरु समाचार
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...
-
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
काठमाडौं । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि...