कार्टरको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा
काठमाडौं । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मङ्गलबार बृहत् सैन्य सम्मानसहित श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा लगिएको छ । उनको पार्थिव शरीर स्थानान्तरणको दृष्य हेर्न चोक र अन्य विभिन्न स्थानमा उनका शुभचिन्तक र प्रशंसकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो ।
सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल अमेरिकी राष्ट्रपति बनेका र १०० वर्षको उमेरमा डिसेम्बर २९ मा निधन भएका कार्टरले राष्ट्रपतिबाट बिदा भएपछि मानवीय सहयोगका लागि गरेको कार्यका लागि उनको उच्च प्रशंसा हुने गरेको छ ।
उनको मानवीय सहयोग र अधिकारका लागि गरेको कामका लागि उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । जन्मथलो जर्जियाबाट सुरु भएको औपचारिक शवयात्रा हिउँले ढाकिएको अमेरिकी संसद्मा (युएस क्यापिटल) मङ्गलबार पुर्याइएको हो । उनको पार्थिव शरीरलाई त्यहाँ बिहीबारसम्म राखिनेछ ।
प्रसारणकर्ता पीबीएसले लाइभ प्रशारणमा सर्वसाधारणले भवनहरूको छत, झ्याल र कौसीबाट दिवङ्गत राष्ट्रपतिलाई श्रद्धाञ्जलि अर्पण गरेको देखिएको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले भनेका छन्, ‘राष्ट्रपति कार्टरको पार्थिव शरीर संसद्मा ल्याइपुर्याइएको छ र मैले राष्ट्रपति कार्टरको पार्थिव शरीरमा त्यहाँ नै श्रद्धाञ्जलि अर्पण गरेको छु ।’
अमेरिकी वायु सेनाको जेटमा वासिङ्टन ल्याइपुर्याइएको अमेरिकी झण्डा ओढाइएको कार्टरको शव राखिएको बाकस (कास्केट) अमेरिकी नेभी मेमोरियलबाट अन्त्येष्टिका लागि बन्दूकगाडीमाथि राखेर क्यापिटोल हिलसम्म पुर्याइएको थियो ।
पेन्सिलभेनिया एभिन्यूमा हालै आएको हिउँदे आँधीबेहरीपछि बाटोमा हिउँ जमेका कारण उक्त क्षेत्रमा संघीय कार्यालय र विद्यालयहरू बन्द भएका छन् । हिउँले सेताम्मै भएको सडक सफा गर्दै सयौँ अमेरिकी सेनाका सदस्यहरूले मृत शरीरलाई संसद् भवनमा पुर्याएका थिए ।
शवयात्रामा कार्टरको परिवार, कंग्रेसका सदस्यहरू र प्रधान न्यायाधीश जोन रोबट्र्स र उपराष्ट्रपति कमला ह्यारिससहित अन्य महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्टर क्यापिटोलमा राजकीय सम्मानका लागि अन्त्येष्टि समारोहका लागि पुर्याइएका १३औं पूर्व अमेरिकी राष्ट्रपति हुन् ।
वासिङ्टनको पूर्व राष्ट्रपति ड्वाइट डि आइजनहावर, रोनाल्ड रेगन, जेराल्ड फोर्ड र जर्ज एच डब्लु बुसको अन्त्येष्टि गरिएको एपिस्कोपल चर्च नेसनल क्याथेड्रलमा बिहीबार कार्टरको अन्त्येष्टि गरिनेछ ।
अन्त्येष्टिमा वर्तमान राष्ट्रपति बाइडेनले आफ्ना नेतासाथीले उनको जीवनमा गरेका स्मरणीय कामको सम्झना गर्नेछन् । चारै जना जीवित पूर्व राष्ट्रपतिहरू बिल क्लिन्टन, जर्ज डब्लु बुस, बाराक ओबामा र ट्रम्प अन्त्येष्टि समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ ।
बाइडेनले बिहीबार (जनवरी ९) अर्थात् कार्टरको अन्त्येष्टिको दिनलाई राष्ट्रिय शोकको दिन घोषणा गरेका छन् भने त्यस दिन संघीय सरकारका कार्यालयहरू बन्द रहनेछन् । उनले शोक मनाउन कै लागि राष्ट्रिय झन्डालाई ३० दिनसम्म आधा झुकाउन निर्देशन दिएका छन् ।
अमेकिी राष्ट्रपति भई १०० बर्षसम्म बाँच्ने कार्टर पहिलो अमेरिकी राष्ट्रपति हुन्हुन्छ । उनलाई सनु २०२३ को फेब्रुअरी देखि जर्जियाको प्लेन्सस्थित आफ्नो गृहनगरमा ‘होस्पिस केयर’ राखिएको थियो, जहाँ उनको मृत्यु भएको थियो र उनलाई उनकी स्वर्गीय पत्नी, पूर्व प्रथम महिला रोजालिन कार्टरको समाधिसँगै समाधिस्थ गरिनेछ ।
Comments
अरु समाचार
-
‘सरकार अर्थतन्त्रका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिसमा छ’
काठमाडौँ' उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिस गरिरहेको बताउनुभएको छ ।...
-
गृहमन्त्री लेखक र एडिबी निर्देशकबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैंक (एडिबी)का यहाँस्थित देशीय निर्देशक आर्नो कोस्वा बीच आज भेटवार्ता भएको छ।...
-
प्रधानमन्त्रीलाई चिसो लाग्यो, बालुवाटारमा आराम गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चिसोले बिरामी परेपछि बिहीबार पनि बालुवाटारमा आराम गरिरहेका छन् । मंगलबार बेलुका एउटा पार्टीमा...
-
देशको राजनीतिक अवस्था सहज छैनः अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन् । आज सुर्खेत विमानस्थलमा...
-
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक...
-
“नेपालमा लगानी भित्र्याउन वंशजको नागरिकता आवश्यक”
काठमाडौँ :अमेरिकाबाट फर्किएर पुख्र्यौली पेसा (रेस्टुरेन्ट, होटल व्यवसाय) सुरु गरेका पर्यटन व्यवसायी वासुदेव घिमिरेको सपना छ, आफूजस्ता धेरै नेपालीको पुँजी,...
-
विहीबार अदालतमा उपस्थित हुने शर्तमा रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले विहीबार उपस्थित हुने शर्तमा जिम्मा लगाएको छ...
-
सरकार परिवर्तन हुने कुरा निराधार: डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेको सात बुँदे सहमतिको जगमा वनेको वर्तमान सरकार...
-
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते
काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गतेलाई बोलाउने निर्णय भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ...