ताजा समाचार

मेघा बैंकको नाफा ६ महिनामा ३८ प्रतिशतले बढेर ५४ करोड

काठमाडौं । मेघा बैंक नेपालको नाफा ३८.४६ प्रतिशतले बढेर कुल ५४ करोड पुर्याएको छ ।

पछिल्लो ६ महिनाको नाफा ३८.४६ प्रतिशतले बढेर ५४ करोड पुगेको मध्येमा बैंकले सार्वजनिक गरेको अपरिस्कृत त्रैमासिक विववरण अनुसार २०७४ पुस मसान्तमा रहेको ३९ करोडको मुनाफामा १५ करोड बढाएर ५४ करोड पुगेको हो ।

मेगा बैंकले बैंकले ७० अर्ब निक्षेप संकलन गरेर ६५ अर्ब कर्जा लगानी गर्दा सिसिडी रेसियो ७९.५६ प्रतिशत पुर्याएको छ । मेगा बैंक नेपालले असोज मसान्तपछि ४ अर्ब निक्षेप वृद्धि गरेको देखिन्छ भने कर्जा लगानी ३ अर्बले वृद्धि गरेको छ ।

मेगाले आफ्नो ब्याज आम्दानी १ अर्ब ७९ करोड पुर्याउन सफल भएको छ । १० अर्ब ३८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३१ करोड रुपैंयाँ रहेको छ । मेगाको खराब कर्जा १.२१ प्रतिशत छ ।

कस्ट अफ फण्ड ७.७१ प्रतिशत रहेको बैंकको आधार ब्याजदर १०.८३ प्रतिशत छ । मेगाको प्रति सेयर आम्दानी १४.१३ रुपैंयाँ रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org