ताजा समाचार

कांग्रेसले गर्‍यो बैठक बहिस्कार, तर रोकिएन् संसदीय सुनुवाई

संसदीय सुनुवाई समितिको बैठकले संवैधानिक आयोगका अध्यक्षहरुको सुनुवाई प्रकृया अगाडी बढाएको छ । आज बसेको संसदीय सुनवाई समितिको बैठकले कांग्रेस सांसदहरुको अनुपस्थिति मै सुनवाई प्रक्रिया अगाडि बढाएको हो।

माघ ६ गते संबैधानिक परिषद्ले ५ वटा संबैधानिक आयोगका अध्यक्षहरुको नाम सिफारिस गरेको थियो। संबैधानिक परिषद्को उक्त बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए। देउवाको अनुपस्थितिमै सिफारिस गरिएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ।

सिफारिस भएका अध्यक्षहरुको सुनवाईलाई कांग्रेस सांसदहरुले बहिष्कार गर्दै आएका छन्। यसअघिको बैठकमा असहमति पत्र जनाउँदै कांग्रेसले बैठक बहिष्कार गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org