२० हजार वेबसाइट बन्द
ढाका । बङ्लादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ। अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द गरिएको सरकारी उच्च अधिकारीहरूले बताएका छन्।
मुस्लिम समुदायको बाहुल्यता रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्रीहरू पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको हो। “मैले बङ्लादेशलाई सुरक्षित र रचनात्मक इन्टरनेट प्रयोगकर्ता रहेको देश बनाउन चाहन्छु, बालबालिकाका लागि पनि यो अत्यन्त घातक छ,” बङ्लादेशका दूरसञ्चारमन्त्री मुस्तफा जब्बरले भने।
अश्लीलताका विरुद्धमा आफूले ठूलो लडाइँ नै लड्नु परेको बताउँदै उहाँले यसलाई निरन्तरता दिने जानकारी पनि दिए। बङ्लादेशका सरकारी उच्च अधिकारीहरूले सामाजिक सञ्जाल, टिकटक, विगोलगायतका एपहरूको दुरूपयोग भएको ठानेका छन्।
दक्षिण एशियाली यो देशमा दुरूपयोग भएका यस्ता सामाजिक सञ्जाल र एपहरूलाई प्रतिबन्ध गराउनुपर्नेमा पनि मन्त्री जब्बरले जोड दिए। अहिले प्रतिबन्ध लगाइएका वा बन्द गराइएका वेबसाइटमध्ये अधिकांश विदेशी रहेको उनले जानकारी दिए।
बङ्लादेशको उच्च अदालतले गत नोभेम्बरमा अश्लील वेबसाइट तथा प्रकाशनहरू बन्द गर्न निर्देशन दिएकाले सरकारी अधिकारीहरूले यस्तो अभियान थालेका हुन्।
बङ्लादेशमा अश्लील वेबसाइटहरू नै सर्वाधिक हेरिएको सूचीमा रहँदै आएका छन्। देशमा अहिले झण्डै आधा जनता इन्टरनेटको पहुँचमा रहेको तथ्याङ्क छ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...