ताजा समाचार

स्थानीय तहको अधिकार सिंहदबारमै खुम्चाउन खोजियो: जनार्दन शर्मा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले सरकारमाथि नियतवश संघीयता कार्यान्वयन गर्न नखोजेको आरोप लगाएका छन् ।

संविधानमा व्यवस्था गरिएको प्रदेश र स्थानीय तहको अधिकार कटौती गर्ने गरी ऐन–कानून तर्जुमा गर्ने काम भइरहेको भन्दै उनले असन्तुष्टि जनाए । गाउँपालिका राष्ट्रिय महासंघको कार्यक्रममा पूर्वमन्त्री शर्माले भने, ‘संविधानअनुसार ऐन–कानून बनाउनुपर्नेमा सिंहदबारबाट तल जानु पर्ने अधिकार गएन, यस्तो केन्द्रीकृत सोचले फाइदा गर्दैन ।’

संघीय सरकारले बनाईदिनुपर्ने धेरै ऐन, कानून, कार्यविधिमा नियतवस अधिकार केन्द्रीकृत गर्न खोजिएको उनको भनाइ छ ।

अहिले संघीयता कार्यान्वयन गर्ने र नगर्न चाहने पक्षबीच संघर्ष चलिरहेको भन्दै उनले संविधान अनुसार अधिकार नदिए संघीयता कार्यान्वयन नहुने र मुलुक फेरि द्वन्द्वतर्फ जाने चेतावनी दिए ।

संघले बनाएका धेरै कानून बाझिने खालको र अधिकार केन्द्रमै राख्ने नियत देखिएको उनको दाबी छ ।

स्थानीय सरकारलाई अधिकार दिएर बलियो बनाउनुपर्ने भन्दै उनले भने, ‘यो धारा हे¥यो त्यस्तै छ, त्यो धारा हे¥यो त्यस्तै । एउटा दुईटामा पो संशोधन हाल्न सकिन्छ, अब सबै धाराबाट केन्द्रीयता बन्ने हो भने प्रदेशको अधिकार के स्थानीय तहको अधिकार के ?’

आफ्नै सरकारविरुद्ध बोल्नुपर्ने अवस्था आएको भन्दै नेता शर्माले भने, ‘कि त संघीयता कार्यान्वयन गर्न सकिँदैन भन्दिनुप¥यो । होइन भने संविधानमा प्रष्ट व्यवस्था अनुसार हुनुपर्छ ।’

स्थानीय तहका जनप्रतिनिधिले पनि पाएको अधिकारको दुरुपयोग नगर्न सचेत गराउँदै शर्माले जोडर चलाउन छाडेर शिक्षा र स्वास्थ्यमा जोड दिन सुझाव दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org