जथाभावी हर्न बजाउने ३४ हजार सवारीसाधन कारवाहीमा
काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो ।
महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदुषणको समस्या गम्भीर रूपले बढेर उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि विसं २०७४ वैशाख १ देखि हर्न निषेध गरेको हो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीमा बाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको बताए । “उपत्यकामा धेरै सवारीसाधनसँगै हर्न बजाउने सवारीसाधनको सङ्ख्या बढेको छ, त्यसैले महाशाखाले जथाभावी हर्न बजाउने सवारीसाधनलाई कडाइ गरेको छ”, उनले भने ।
ध्वनि प्रदुषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरणशक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने गरेपछि सरकारले हर्नमा प्रतिबन्ध लगाएको हो ।
यस्तै, ट्राफिक प्रहरीले ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदुषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन वातावरण विभागलाई सिफारिशसमेत गरेको छ ।
महाशाखाले ध्वनि प्रदुषण गरेवापत एउटा सवारीसाधनबाट रु ५०० कारवाहीस्वरुप लिँदै आएको छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र आठ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् ।
Comments
अरु समाचार
-
इजरायलका राजदूतलाई परराष्ट्रमन्त्रीले भनिन्- विपिनको रिहाइका लागि पहल गरिदिनू
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायलका राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका...
-
नेप्से परिसूचक बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले...
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सप्तरी विष्णुपुर गाउँपालिका–७...
-
सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा
काठमाडौं । कास्की जिल्ला अदालत क्षेत्रमा फेरि निषेधाज्ञा लगाइएको छ । सूर्य दर्शन सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेका...
-
कार्टरको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा
काठमाडौं । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मङ्गलबार बृहत् सैन्य सम्मानसहित श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा लगिएको छ...
-
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचनामा सुधार : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्।...
-
चीनमा फेरि ठूलो भूकम्प गयो
काठमाडौं । चीनमा बुधबार अर्को भूकम्प गएको छ । चीनको चिङ्हाइमा बुधबार दिउँसो ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । चिनियाँ...
-
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय बन्द
काठमाडौं । विगत तीन दिनदेखि एक्कासि जाडो बढेपछि जिल्लाका पाँच वटा पालिकाले आफ्नो नगरभित्रका विद्यालय बन्द गरेका छन् । सदरमुकाम...
-
वाईफाईबारे विवादमा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी
काठमाडौं । पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया...