ताजा समाचार

विप्लवको रणनीतिमा सरकारको एक्सन, बाहिरिए आ-आफ्नै दाबी

काठमाडाैं । विप्लव नेतृत्वको नेकपाका स्ञायी समिति सदस्य तथा मध्य केन्द्रिय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेको देखि थोरैले बचेको भन्ने समाचार प्रकाशमा आएका बेला यसले छुट्टै रुप लिएको छ ।

काभ्रे गोली प्रकरणपछि पक्राउ परेका चारजनाबारे प्रहरी स्रोतलाई हवाला दिदै आएका समाचार र सुदर्शनले निलाकेको विज्ञप्तिमा नै विरोधाभास पैदा भएको छ ।

सुदर्शनले विशाल तामाङ, नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राई काभ्रेको रोशी गाउँपालिकाको काफलडाँडामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेकैबेला पक्राउ परेको दाबी समेत गरेका छन् । तर, प्रहरीले भने बिक र राई काठमाडाैंबाट, धिमाल र तामाङलाई काभ्रेबाट पक्राउ गरिएको दाबी गर्दै आएको छ ।

प्रहरीका अनुसार काठमाडाैंबाट पक्राउ परेकाहरुको सुचनाका आधारमा त्यहाँ पुगेको जनाएको छ ।

सुदर्शन काभ्रेको रोशी गाउपालिकामा लुकेर बसेको सुचनालाई पछ्याउदै गएको प्रहरीले फायर खोलेपछि ओली भाग्न सफल भएका थिए । सुदर्शनलाई प्रहरीले पछ्याएको सुचना केहि समय मै पाएपछि उनी त्यहाँबाट अन्तै सरेको नेकपाका एक नेताले जनाए ।

पक्राउ परेका कमरेडहरुलाई चरम यातना दिएपछि उहाँहरु तयार हुनुभयो या अरु केहि हो यहाँसम्म आउने कोसिस गर्नु भएछ । मिडियामाप्रहरीलाई उदृत गर्दै आएका समाचार हेरेर थाहा पाउदै छु मैले पनि । ती नेताले भने । पार्टीमा सुचना प्रणाली एकदमै बलियो र गोप्य हुने गर्छ । यसैले सुद्शन कमरेडसँग कुरा हुन पाएको छैन् । यद्यपी तल्लो कमिटिका सदस्य कहाँ के गर्दै छन भन्ने सुचना चेन अफ कमाण्ड सिस्टममा पुग्छ ।

न्युज-नेपालको सम्पर्कमा आएका ती नेताले भने, सरकारले प्रतिबन्ध लगाएपछि जनता आक्रोसित बनेका छन् । जनप्रतिरोध गर्नुपर्ने माग आएको छ । पार्टीको निति भनेको भ्रष्टाचारी, दलाल, फटाह र घुसखोरीलाई छानीछानी हान।ने भन्ने छ । तर, सरकारले यस्ता मान्छेलाई किन कारबाही गर्न नदिएर संरक्षण गर्छ भन्ने कुरा अचम्म लागेको छ । हामीलाई त प्रतिबन्ध लगाइयो । मिलेछ भने सोध्नुहोला ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org