ताजा समाचार

नेताले नीति, निर्णय र योजना बोल्ने हो, अब हामी चाहि कस्ता नेताः लेखनाथ न्याैपाने

काठमाडाैं । नेकपाका युवा नेता लेखनाथ न्याैपानेले आफैलाई प्रश्न गर्दै नेतृत्वमा ज्ञान र दर्शनको कमी भएको ठहर गर्दै नेताले नीति, निर्णय र योजना बोल्ने हो, अब हामी चाहि कस्ता नेता भन्दै प्रश्न उठाएका छन् ।

नेता भनेर मात्रै  नेता हुन नसक्ने भन्दै न्याैपानेले नेता बन्न राजनीतिक, वैचारीक, संगठनात्मक र संघर्ष लगायतका कुरालाई आफ्नै समकक्षीभन्दा केहि पर सोच्न सक्ने र त्यसलाई विश्लेषण गर्न सक्ने क्षमता हुनु पर्ने जिकिर गरेका छन् ।

नेतामा भिजन र विचारको कमी हुँदा मुलुक भङ्गालोमा फस्दै जाने ठोकुवा गर्दै नेताले देश जनतातिर फर्केर चेतनासहित निर्णय गर्ने भन्दै सामुहिकतामा विश्वास गर्ने नेता बन्न सक्ने दाबी गरेका छन् ।

सरकार र विप्लवबीच चर्केको द्वन्द्धलाई लिएर न्याैपानेको यस्तो भनाई आएको कतिपयको टिप्पणी छ । उनले यसमा थप्दै भनका छन्, नेता मात्रै बनेर हुँदैन नेताको पनि मुख्य नेता अथवा फर्स्टम्यान बन्न देश जनता र कार्यकर्ताको जीवन तथा वैचारीक सिद्धान्तलाई अंगाल्न समेत आग्रह गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org