ताजा समाचार

शिक्षामन्त्री पोखरेल पाटन अस्पताल भर्ना

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन् ।

फुड प्वाइजनको समस्याको समस्या देखिएको थियो भने उनले सुगरको सेवन गरिरहेका मन्त्री पोखरेललाई पाटन अस्पतालमा चिकित्सकले भर्ना हुन भनेपछि भर्ना भएको प्रमुख स्वकीय सचिव जीवन गौतमले जनाएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी बिहीबार अपराह्नदेखि पाटन अस्पताल भर्ना भएका हुन् । गण्डकी मेडिकल कलेजको विवाद सम्बन्धी छलफल सकेलगत्तै उनी स्वास्थ्य जाँचका लागि भरोसा अस्पताल गएका थिए । त्यहाँ केहीबेर परीक्षण गरेपछि भर्ना हुन चिकित्सकले सल्लाह दिएका थिए ।

पाटन अस्पतालमा बिहीबार भर्ना भएका मन्त्री पोखरेललाई शुक्रबार बिहान डिस्चार्ज गर्ने तयारी थियो । तर, बिहीबार रातिदेखि थप समस्या देखिएपछि तत्काल डिस्चार्ज नगर्ने निष्कर्षमा चिकित्सकहरु पुगेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org