ताजा समाचार

भाग्दा भाग्दै यारी समातिए हेमन्तप्रकास ओली

काठमाडौं । नेकपा (माओवादी) विप्लवका मध्यक्षेत्रीय कमान्डर, पार्टी केन्द्रीय प्रशिक्षण विभाग प्रमुख हेमन्तप्रकाश अ‍ोली ‘सुदर्शन’को टोली शनिबार बिहान हतियार र विस्फोटक पदार्थसहित पक्राउ परेको छ ।

अपराध अनुन्धान महाशाखाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उक्त समुहलाई खानीखोला गाउँपालिका ७ मिल्चेमा पेस्तोल र विस्फोटक पदार्थसहित पक्राउ गरेको प्रहरीले दाबी गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रहरी टोलीले ललितपुरको ठेचोमा सर्च गर्ने क्रममा उनीहरु भाग्न प्रयोग गरेको बा १७ च ४८९३ नम्बारको सिल्भर कलरको स्कोर्पियो गाडीको डिक्कीभित्र लुकाइरहेको अवस्थामा पेस्तोल र विस्फोटक पदार्थ फेला परेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org