ताजा समाचार

पूर्वराजा कै शैलीमा कांग्रेस नेता पाैडेल भन्छन, समय आएपछि पार्टीको नेतृत्व गर्छु

काठमाडाैं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेलले समय आएपछि कांग्रेसको नेतृत्व गर्न तयार रहेको जनाएका छन् ।

नेपाल प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा आतोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाैडेलले यस्तो जनाएका हुन् । बहुमतको कम्युनिष्ट सरकार लोकतन्त्रमाथि खतरा रहेको भन्दै उनले कांग्रेसले यसको प्रतिवाद नगरे देस समाप्त हुने ठोकुवा गरेका छन् । यद्यपी उनले कांग्रेसले जनताको अधिकार रक्षार्थ जस्तोसुकै त्याग गर्न तयार रहेको जनाएका छन् ।

नेता पौडेलले अहिलेको सरकार एक वर्षको अवधिमा पूर्ण असफल भएको बताए। ‘ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार आफ्नो साथमा लिँदा लोकतन्त्र नै खतरामा परेको छ,’ उनले भने। शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धिका आधारमा सरकार असफल भएको उनको आरोप छ।

उनले सरकारको आलोचना गर्दै विप्लवमाथिको प्रतिबन्ध समेत खतरा रहेको भन्दै समाधान खोज्न वार्ता लगायतका कुरामा सचेत हुन आग्रह गरेका छन् ।

तर, कतिपयको टिप्पणी भने पूर्वराजाको जस्तै हालत भएको भन्ने रहेको छ । कांग्रेसका केहि नेताहरुले भन्ने गरेका छन्, पाैडेलको राजनीतिक यात्रा पूर्वराजा ज्ञानेन्द्र शाहको जस्तै बन्न पुगेको छ । राजाले समय आएपछि आफु राजा बनेरै छाड्ने बताउने गरेका छन् । भने यता नेता पाैडेलले समेत यस्तै जनाउदै आएका छन् ।

पूर्वराजाले मधेस कार्ड फालेर भारतीय राजदुतलाई भेटे झै पाैडेल समेत मधेस झर्ने झमर्को गर्दै आएका छन् । तर, उलाई कांग्रेस भित्रबाटै आलोचना सुरु भएको छ । उनले नेतृत्व लिने समय आएपछि भन्न वित्तिकै उनका कार्यकर्तामा झोकको पारो तातिएको जनाइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org