ताजा समाचार

दक्षिणकालीबाट रत्नपार्क आउँदै गरेको बस दुर्घटना हुँदा ३५ घाइते

काठमाडाैं । चाल्नाखेलमा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।

पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नंको यात्रुवाहक बस आज बिहान ७ बजे चाल्नाखेलस्थित हात्तीवनमा दुर्घटना हुँदा ३५ यात्रु घाइते भएका हुन् । बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा दुर्घटना भएको हो । जसमध्ये ३ को अवस्था गम्भीर छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ३५ मध्ये मनमोहन अस्पताल स्वयम्भू र वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते एक जनालाई ट्रमा सेन्टर पठाइसकिएको अस्पतालले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org