ताजा समाचार

२ आयोगका पदाधिकारी नियुक्त गर्न समिति गठन

काठमाडौं ।

सरकारले बेपत्ता छानबिन आयोग र सत्य निरुपण आयोगको पदाधिकारी नियुक्त गर्न समिति बनाएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिका अन्य सदस्यहरुमा वरिष्ठ अधिवक्ता रामनाथ मैनाली, प्रेमबहादुर खड्का र शर्मिला कार्की रहेका छन् । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा उनले तोकेका एक जना सदस्य पनि सिफारिस समिति सदस्य रहनेछन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगका पदाधिकारी चैतदेखि पदमुक्त भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org