ताजा समाचार

बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या

काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्।

कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई छोरा दिप बहादुर क्षेत्रीले पिर्काले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । असोज २ गते राति बावु र छोराको झगडा परेपछि आफ्नै छोराले बुवालाई पिर्काले हानेर हत्या गरेको बताइएको छ।

प्रारम्भिक अनुसन्धानमा राति दुवै जनाले रक्सी खाएको र केही समयपछि झगडा भएको देखिएको प्रहरीले जनाएको छ । पिर्का प्रहारबाट गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा असोज ३ गते नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको कोहलपुर प्रहरीले जानकारी जनाएको छ।

छोरा दिप बहादुरलाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org