ताजा समाचार

उद्योगमन्त्री यादवले गरे लगानी सम्मेलन बहिस्कार !

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव लगानी सम्मेलनबाट बाहिरिएका छन् । मन्त्री यादवले बस्ने कुर्सी नपाएपछि सम्मेलनबाट बाहिरिएका छन् । लगानी सम्मेलनको पत्रकार सम्मेलनमा समेत अनुपस्थित रहेका यादवले आफ्नो सीट नभेटेपछि झोक्किएर हलबाट बाहिरका हुन् ।

उनी झोक्किएर बाहिर निस्किएपछि थामथुम पारेर हलभित्र ल्याउने प्रयास गरिएको थियो। तर त्यो प्रयास सफल हुन सकेन् । उनी हलभित्र नआएपछि उद्योग सचिव यमकुमारी खतिवडा, वाणिज्यका सचिव केदारबहादुर अधिकारी र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह समेत बाहिरै मन्त्रीसँगै बसेका थिए।

काठमाडौंको सोल्टी क्राउन प्लाजा होटलमा आयोजित सम्मेलनमा विभिन्न देशका विशिष्ट पाहुनासँगै नेपालका भीआईपीहरु कुर्सीमा बसिरहेका थिए । त्यसमा अर्थमन्त्री युवराज खतिवडा पनि सहभागी थिए । तर मन्त्री यादवलाई बस्नको लागि कुर्सीको नै व्यवस्था गरिएको थिएन् ।

दुई वर्षअघि भएको लगानी सम्मेलन उद्योगमन्त्रीकै संयोजकत्वमा भएको थियो। तर अहिलेको लगानी सम्मेलन अर्थमन्त्री डा. युवराज खतिवडाले नेतृत्व गरिरहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org