ताजा समाचार

प्रदेश २ मा परीक्षार्थीहरुको आक्रोशः दमकल तोडफोड देखि नाराबाजीसम्म

माध्यामिक शिक्षा परीक्षा (एसइई) मा २ विषयका परीक्षाहरु स्थाथित भएपछि प्रदेश नम्बर २ का विभिन्न जिल्लामा प्रदर्शन भएको छ । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगाडी नै बाहिरिएपछि उक्त विषयका परीक्षाहरु स्थगित भएका थिए । परीक्षा स्थगित भएपछि विद्यार्थीहरु आक्रोशित बनेका छन् ।

विद्यार्थीहरुले आफूहरुको भविष्यमाथि खेलबाड गरिएको भन्दै नाराबाजी गरेका थिए । जनकपुरको हिमाली, साउथ प्वाइन्ट, मोनाष्टिक, धनुषा पब्लिक, मिट स्कूलका विद्यार्थीले परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । यस्तै सिरहा, महोत्तरी, सर्लाहीका विभिन्न परीक्षा केन्द्र अगाडि पनि विद्यार्थीले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन भएका छन् ।

आक्रोशित बिद्यार्थीहरुले शिक्षामन्त्रीको राजीनामा मागेका छन्। परीक्षा रद्ध विरोध रौतहटको चन्द्रनिगाहापुरमा बजारमा विद्यार्थीले प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रिएका विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी नाराबाजी गरिरहेका छन्।

आक्रोशित विद्यार्थीले ढुंगा प्रहार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तोडफोड गरेका छन्। आक्रोशित विद्यार्थीको ढुंगा केही सवारीमा समेत क्षति पुगेको छ।

परीक्षा रद्ध भएको आक्रोशमा वीरगञ्जका विद्यार्थीहरुले वीरगञ्जमा रहेको प्रहरी बिट तथा ट्राफिक लाइट तथा डिभाइडरमा आगजनी गरेका छन्। दमकलद्वारा पानीको फोहोरा प्रहार गरेपछि थप आक्रोशित भएका विद्यार्थीले दमकल पनि तोडफोड गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org