भेरी अस्पतालको खाना गुणस्तरहीन
बाँके ।
बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीलाई गुणस्तरहीन खाना खुवाउने गरेको खुलेको छ । सरकारी अस्पतालले भर्ना भएका बिरामीलाई निःशुल्करुपमा खुवाउँदै आएको खाना ‘खाए खा नखाए घिच’ भने झै गुणस्तरहीन खुवाउने गरेको खुलेको हो । यसले अस्पतालबाट उपलब्ध गराइने खानाको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ ।
सरकारी निकायमा जताततै विकृति र विसङ्गति मौलाइरहेको बेला सरकारी अस्पताल जस्तो विश्वसनीय र संवेदनशील संस्थामै बिरामीलाई दिइने खाना गुणस्तरहीन हुँदासमेत अस्पताल व्यवस्थापन र खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालयले अनुगमनमा समेत चासो देखाएका छैनन् ।
बिरामी भएर निजी अस्पतालमा उपचारका लागि जान नसक्ने निम्न मध्यम वर्गीय परिवार सरकारी खाना बहिस्कार गर्ने मनस्थितिमा समेत पुगेको भेरी अस्पतालमा उपचार गराइरहेका बिरामीका आफन्तको भनाइ छ ।
पैसा खर्च गरेर अन्यत्र उपचारका लागि जान नसक्ने बिरामी दूषित खाद्यान्नको कारण थप बिरामीपर्ने स्थिति छ । अस्पतालमा वितरण हुने पानीसमेत दूषित भएको बिरामीका कुरूवाको आरोप छ ।
बिरामीलाई निःशुल्क खुवाइने खानाको गुणस्तरबारे सरोकारवाला निकायको अनुगमन नहुँदा गुणस्तरहीन खाना खान बिरामी बाध्य भएको बिरामी कुरुवा बताउँछन् । ‘भेरी अस्पतालकै यो अवस्था छ ग्रामीण क्षेत्रका अस्पतालको खाना कस्तो होला ?’ नेपालगञ्ज–१० का गोपाल खत्रीले भने, “जताततै लापरवाहीभन्दा केही भेटिदैन ।”
सम्बन्धित सरकारी निकायबाट अनुगमन गरिएको छैन् । दूषित खाद्यान्न खुवाउनेको कसुर प्रमाणित भएमा जनही दुई वर्षसम्म कैद र १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने कानूनी प्रावधान रहेको कानून व्यवसायी वासुदेव ज्ञवालीको भनाइ छ ।
‘बिरामीलाई खान दिने खानामा मापदण्ड तोकिएको छ । तर, बिरामीले तोकिएको मापदण्ड र सहमतिअनुसार खाना पाएका छैनन्,’ अस्पतालकै एक कर्मचारीले भने । एउटा बिरामीलाई दैनिक ६०० ग्राम मसिनो चामल, एउटा अण्डा, एक कप दूध र सागसब्जी सहितको सन्तुलित खाना खुवाउनुपर्ने सहमति छ ।
तर, बिरामीलाई शुरुकै दिन कमसल खाना दिने र अर्को छाकदेखि बिरामीले अस्पताल बाहिरका होटलबाट खाना ल्याएर खाने गरेको गुनासो गर्दै एक बिरामी कुरुवाले भनिन्, ‘अण्डा दूध केही आउँदैन, आफै होटलबाट किने र बिरामीलाई खुवाउनुपर्छ ।” अस्पतालको भान्सा सञ्चालन र बिरामीलाई खाना खुवाउनका लागि अस्पतालले ठेक्कामा दिएको अस्पतालका निमित्त प्रमुख राजन पाण्डेले बताए ।
Comments
अरु समाचार
-
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
विपीन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग परराष्ट्रमन्त्री डा. राणाको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको...
-
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं। झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको...
-
एसईईको ग्रेडवृद्धिमा ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईईको...
-
आईसीसी विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको...
-
लेबनानमा इजरायलकोे आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९२
जेरुसलेम । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट...
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
आजको राशिफलः २०८१ असोज ८ गते मंगलवार
मेषः अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले...