ताजा समाचार

मृतकका परिवारलाई प्रदेश सरकारले तीन लाख राहत दिने

काठमाडाैं । बारा पर्सामा गएराति आएको हावाहुरीका कारण ज्यान गुमाउनेको परिवारलाई प्रदेश सरकारले तत्काल तीन लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार राति आएको हावाहुरीका कारण ३१ जनाले ज्यान गुमाइसकेका छन भने झण्डै ५ सय बढि घाइते भएका छन् । आज सोमबार बिहान बसेको प्रदेश २ को आकस्मिक बैठकले घटनाप्रति दुख व्यक्त गर्दै मृतकको परिवारलाई राहत स्वरुप तत्काल तीन लाख दिने निर्णय गरेको हो ।

ठुलो धनजनको क्षति हुनुका साथै मानविय क्षति भएपछि प्रदेश सरकारले घाइतेको उपचार खर्च समेत वेहोर्ने निर्णय गरेको छ भने घरबार बिहिन भएकाहरुको आवास बनाउन सरकारसँग पहल गर्ने निर्णय समेत गरेको छ । बाक्लो संख्यामा सुरक्षाकर्मीले उद्धार तथा राहतको काम गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org