ताजा समाचार

मधेसका मुख्यमन्त्री सिंहले आगामी असार २१ गते विश्वासको मत लिने

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही आगामी असार २१ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार सिंहले आउने २१ गतेविश्वासको मत लिने सरकारले तयारी गरेका हुन् । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने संवैधानीक व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले २५ जेठमा जनतम पार्टीको तर्फबाट सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । मुख्यमन्त्री सिंहले सरकार टिकाउन ५४ जना प्रदेश सांसदहरूको समर्थन चाहिन्छ । तत्कालीन मुख्यमन्त्री सरोज यादवले सदनबाट बहुमत प्राप्त नगरेपछि मुख्यमन्त्री सिंहले बहुमत सांसदहरूको समर्थनमा प्रदेश सरकारबाट नियुक्त भएका थिए ।

सिंहलाई एमाले, माओवादी, जनमत,एकीकृत समाजवादी, राप्रपा र नेपाल सङ्घीय समाजवादी पार्टीले सर्मथन गरेका छन् । प्रदेश सभामा एमालेका २४, माओवादीका ९, जनमतका १३, एकीकृत समाजवादीका ७, राप्रपाका १ र नेपाल सङ्घीय समाजवादीका एक जना प्रदेश सांसद छन् । यसलाई आधार मानेर जोड्ने हो भने मुख्यमन्त्री सिंहलाई ५५ जना सांसद समर्थन रहेको देखिन्छ, जुन आवश्यकता भन्दा बढी हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org