ताजा समाचार

घाइतेलाई रगत अभाव भएपछि सुरक्षाकर्मीले थाले रक्तदान

काठमाडाैं । बारा पर्सामा हावाहुरीका कारण घाइते भएकालाई रगत अभाव भएपछि सुरक्षाकर्मीले रगतदान गर्न थालेका छन् ।

४ सय बढि घाइते भएपछि ठुलो मात्रामा रगत अभाव भएको थियो । डाक्टरहरुले रगत अभाव कम गर्न सबैलाई रक्तदानको अपिल गरेपछि सुरक्षाकर्मीले रगतदान गर्न थालेका हुन् ।

हावाहुरीका कारण घाइतेहरुको शरिरबाट रगत बगेका कारण धेरैको संख्यामा रगत दिनुपर्ने अवस्था सिर्जना भएको जनाइएको छ ।

विभिन्न राजनीतिक दल तथा सामाजिक अभियान्ताले समेत रगत दान गर्न अपिल गरेका छन् । हिजो आइतबार आएको हावाहुरीका कारण ३१ जनाले ज्यान गुमाइसकेका छन भने थुप्रै घाइते भएका छन् । केहि उपचारपछि घर फर्केका छन भने बिहान देखि नै राहत तथा उद्धारको काम भइरहेको गृहमन्त्रालयले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org