ताजा समाचार

विप्लवका रामेछाप इञ्चार्ज पक्राउ

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रामेछाप इञ्चार्ज ३८ वर्षीय यादव ढुङ्गेललाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप चौरी देउराली घर भई काभ्रे बस्दै आएका ढुङ्गेललाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सूर्यविनायकबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहारसमेत गरेको अभियोगमा ढुङ्गेललाई भक्तपुर जिल्ला अदालतमा मुद्दा चलाई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org