ताजा समाचार

त्रिविका विद्यार्थी सगरमाथा चढ्ने तयारीमा

त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागमा अध्ययनरत् विद्यार्थी दावा शेर्पा सगरमाथा चढ्ने भएका छन् । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका घर भएका शेर्पा मानवशास्त्र केन्द्रीय विभागमा शोधपत्र गर्दै गरिरहेका विद्यार्थी छन् ।

शेर्पाले सगरमाथाको शिखर चुम्ने विश्वविद्यालयको पहिलो छात्रका रुपमा विश्व कीर्तिमान कायम राख्ने लक्ष्य राखेको छ । त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियाँले शेर्पालाई त्रिवि र नेपालको झण्डा दिएर सगरमाथा आरोहणको शुभकामना दिए ।

उनेले विश्वविद्यालयको नाममा विश्वकै पहिलो विद्यार्थीको विश्व कीर्तिमान राख्न गइरहेका दावा शेर्पाको सफल आरोहणको कामना गरे । विसं २०४२ जेठ १५ गते सोलुखुम्बुमा जन्मनुभएका शेर्पा पर्वतारोहण व्यवसायमा संलग्न रहँदै आएका छन् ।

पर्वतारोहण सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालीम प्राप्त गरिसकेका उनले आफू सानैदेखि हिमाल चढ्न सौखिन रहेको बताए । शेर्पाले आगामी मे ५ तारिखदेखि आरोहण थाल्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org