नेकपा एमाले जिल्ला कमिटी संखुवासभाको तेस्रो पूर्ण बैठक आइतबार सम्पन्न
काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । एमाले जिल्ला कमीटि अध्यक्ष खड्ग बहादुर राईको अध्यक्षतामा र स्थाई समिती सदस्य तथा कोशी प्रदेश ईन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा आइतबार बैठक सम्पन्न भएको हो ।
बैठकको उद्घाटन गर्दै प्रमुख अतिथी राईले अब पार्टीका कोही कार्यकर्ता जिम्मेवारी बिहिन नरहने बताएका छन्। राईले “यो बर्ष पार्टी सुदृढिकरणको बर्ष रहेको बताउंदै सबै कार्यकर्तालाई वीधि र नीति पद्धती र नेतृत्वको लाईनमा रहन आग्रह गरे” । उनले पार्टी सदस्य र कार्यकर्ताहरुले गर्न हुने र नहुने कामबारे जानकारी गराउँदै राष्ट्रिय सङ्कल्प र मिसनमा एकढिक्का भएर लागीपर्न आव्हान समेत गरेका छन् । “पार्टी र नेतृत्वको कमजोरी भए हामिलाई भन्नुस अथवा बैठकमा राख्नुस तर चिया पसल र चौताराहरुमा नभन्नुहोस्” राईले भने। फेसबुक लगायतका सामाजिक सञ्जालमा समेत निगरानी गरीने उनले बताए।
कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका राईले आफुहरुले प्रदेशको गुरु योजना बनाएर छोडेको र सोही योजना अनुसार अहिले काम भईरहेको बताए । आईतबार सम्पन्न बैठकमा विशिष्ट अतिथी स्थाई कमीटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अपर अरुणमा जनताको स्वमित्व रहने बताए । अपर अरुणमा लगानी गर्न ईच्छुक हरेक घरमा शेयर शुनिश्चितताको ग्यारेन्टी गर्दै उनले भने, ”पैसा नहुनेलाई श्रमदान मार्फत समेत शेयर कायम गर्ने व्यवस्था लागु हुनेछ ।”
संखुवासभा जिल्लाका पुर्व प्रतिनिधिसभा सदस्य समेत रहेका गौतमले किमाथांका जोड्ने सडकको काममा ढिलाई भएको भन्दै ४८ प्रतिशत कम लागतमा ठेक्का लाग्नु बिडम्वना भएको बताएका छन्। योगमाया बिश्वबिद्यालयको केन्द्रीय कार्यालय खाँदबारीमा रहने र काम सुरु भईसकेको पनी उनले जनाएका छन् । चुनाव अघि होस् अथवा पछी विकासको काममा एमाले जनताको साथमा रहेको गौतमको भनाई छ।
तेस्रो पुर्ण बैठकको अवसरमा नेकपा समाजवादीका जिल्ला सचिवालय सदस्य लक्ष्मी दाहाल अधिकारी र छेरुक मुनाल भोटे नेकपा एमालेमा प्रवेश गरेका छन् । अधिकारी समजबादी निकट अनेमसंघकी केद्रीय सदस्य तथा जिल्ला अध्यक्ष समेत थिइन् । बैठकमा जनसंगठन र बिभगको जिम्मेवारी बाँडफांड र पालिका कमिटीहरुको प्रतिबेदन प्रस्तुत गरीएको जिल्ला कमिटी सदस्य नविन दाहालले जानकारी दिए। सुर्य बहादुर दाहालको अध्यक्षतामा सल्लाहकार परिषद र यदुनाथ नेपालको अध्यक्षतामा ज्येष्ठ कम्युनिष्ठ मञ्च समेत गठन गरीएको छ । कार्यक्रममा प्रदेश कमिटीमा मनोनीत नयाँ सदस्यहरुलाई रुद्राक्ष माला र अबिरले लगाएर बधाई तथा शुभकामना प्रदान गरीएको छ । कार्यक्रम जिल्ला सचिव गोपाल श्रेष्ठले सञ्चालन गरेका थिए ।
Comments
अरु समाचार
-
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष
काठमाडौं । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका...
-
बाल विवाह सामाजिक समस्या: मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बाल विवाह सामाजिक समस्या भएको बताएका छन् । जस्ट राईट फर चिल्डेन...
-
केबलकार निर्माण क्षेत्रका बाँकी रूख कटान
काठमाडौं । केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटान गरेको छ। सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय...
-
आज अन्तर्राष्ट्रिय दाल दिवस
काठमाडौं । आज अन्तर्राष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने...
-
वराहक्षेत्रमा जङ्गली हात्तीको आतङ्क
काठमाडौं । जङ्गली हात्तीले वराहक्षेत्र २ स्थित किसान अवीरमान भुजेलको घरमा रहेको अन्नपात खाएर र छरेर नष्ट गरेको छ ।...
-
इलाममा कुटपिटबाट एकजनाको मृत्यु
काठमाडौं । इलाममा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९, गोल बस्तीका ३२ वर्षे मिलन सुनुवारको मृत्यु भएको प्रहरीले...
-
एमाले संखुवासभा-काठमाडौं सम्पर्क मञ्चको बनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न
काठमाडौं । नेकपा एमाले संखुवासभा-काठमाडौं सम्पर्क मञ्चको वृहत बनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । माघ १९ गते शनिबार...
-
अनेरास्ववियुको आगामी महाधिवेशन जेठमा गर्ने
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २४ औं महाधिवेशन आगामी जेठमा...
-
प्रेस चौतारी नेपाल संखुवासभाको अध्यक्षमा जनक चापागाईँ
संखुवासभा । प्रेस चौतारी नेपाल संखुवासभाको अध्यक्षमा जनक चापागाईँ सर्वसम्मत चयन भएका छन् । आईतबार सम्पन्न छैटौं जिल्ला अधिवेशनले चापागाईको...